काठमाडौं । हरेक मंगलबार प्रकाशित हुँदै आएको साप्ताहिक पत्रिका जनआकाशले आफ्नो १७औँ वार्षिकोत्सव मनाएको छ । काठमाडौंमा एक विशेष समारोहबीच प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा साप्ताहिकले वार्षिकोत्सव मनाएको हो । सो अवसरमा पत्रिकाका प्रधानसम्पादक मोहन कार्कीले लेखेको ‘कृपज’ नामक पुस्तकको लोकार्पण, स्रष्टा सर्जकलाई सम्मान र संगीत खबर कार्यक्रमको प्रोमो सार्वजनिक गरिएको थियो ।
उपसभामुख राना मगरले स्रष्टा सर्जक र पत्रिकासँग सम्बन्धितलाई सम्मान, पुरस्कार एवं कदरपत्र अर्पण गर्नुभएको थियो । उहाँले पत्रिकाका प्रधानसम्पादक कार्कीले नेपालको कृषि, पर्यटन, जलविद्युत् समेटेर कृति प्रकाशन गरेकोमा बधाई तथा शुभकामना दिनुभयो ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका कुमार कार्कीले बिचौलियाहरूको अन्त्य नभइकन देशको विकास गर्न नसकिने धारणा राख्नुभएको थियो । त्यस्तै पर्यटन विज्ञ खुमबहादुर सुवेदीले शुभकामना मन्तव्य राख्दै पर्यटन क्षेत्रको बृहत् विकासको आवश्यकता औंल्याउनुभएको थियो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शान्तराम बिडारीले नेपालको विज्ञापन बोर्डको औचित्य नभएको भन्दै विज्ञापन बोर्डले पछिल्लो समय गरेको गलत निर्णयको विरोध गर्नुभयो ।
रामेछाप सांस्कृतिक कलाकार समाजका सचिव नकुल गौतमले सहजीकरण गर्नुभएको कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालि र ज्योति विकास बैंकलाई बालबालिका र स्वास्थ्यको क्षेत्रमा सामाजिक उत्तरदायित्व बहन गरेको भन्दै सम्मान गरिएको थियो । त्यस्तै, वरिष्ठ साहित्यकार डा. शैलेन्दु प्रकाश नेपाल, वरिष्ठ पत्रकार राजन कार्की, बाल साहित्यकार ललिता दोषीलगायतलाई सम्मान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच