
काठमाडौं । कान्तिपुर सिटी कलेजको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा ‘केसिसी एक्जिबिट २०२४’ सुरु भएको छ । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रदर्शनी उद्घाटन गर्दै प्रदर्शनीले विद्यार्थीलाई व्यावहारिक ज्ञान दिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘किताबले सैद्धान्तिक ज्ञान दिन्छ, त्यो पनि चाहिन्छ तर त्यो कुरा व्यवहारमा उतार्न र प्रयोग गर्न कति जटिल छ भन्ने ज्ञान यस्ता प्रदर्शनीले दिन्छ ।’ स्वदेशमै केही गर्न राम्रो अध्ययन र प्रयोगमा जोड दिँदै उहाँले ज्ञान विस्तार पनि आवश्यक रहेकाले आफूले प्राप्त गरेको ज्ञान फैलाउन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो । कलेजका अध्यक्ष सुमन कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ विभागका डिन प्राडा देवीप्रसाद भट्टराईले पूर्वाञ्चल विश्वविद्यालयले परीक्षा प्रणाली सुधार गर्दै परीक्षा सकिएको ९० दिनमा परीक्षाफल प्रकाशित गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो ।
पूर्वमन्त्री गणेश साहले सरकारले यस्ता प्रदर्शनी गर्न र प्रदर्शनीबाट प्रभाव पार्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘२०औँ प्रदर्शनीलाई ग्राण्ड बनाउनुहोस् । यो प्रदर्शनी विद्यार्थीको ज्ञान निखार्न आवश्यक छ ।’ नेपाल व्यवस्थापन संघका महासचिव इन्द्रकुमार श्रेष्ठले वार्षिक रूपमा कलेजले आयोजना गरिरहेको प्रदर्शनीले विद्यार्थीले धेरै कुरा सिक्ने र व्यवहारमा आइपर्ने धेरै समस्या समाधानका लागि तयार हुने बताउनुभयो भने नेपाल कम्प्युटर एसोसिएसनका अध्यक्ष रञ्जितकुमार पोद्दारले प्रदर्शनी विद्यार्थीले कसरी पढिरहेका छन् त्यो अन्य कलेजका विद्यार्थी, अभिभावक र समाजलाई देखाउने माध्यम भएको बताउनुभयो ।
कलेजका आमसञ्चार विभागीय प्रमुख प्रा. रामकृष्ण रेग्मीले केसिसी एक्जिबिटले विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भोलि इन्टर्नसिप गर्न जाँदा वा जागिर खान जाँदा पनि बजारले चिन्छ, त्यो चिनाउने कामचाहिँ यो प्रदर्शनीले गरिरहेको छ ।’ कार्यक्रममा क्याम्पसका प्रिन्सिपल राजु कट्टेल, एक्जिबिट संयोजक ई. रवि श्रेष्ठलगायतले प्रदर्शनीबारे जानकारी प्रदान गर्नुभएको थियो । प्रदर्शनीमा राखिएका नमुनाहरू इञ्जिनियरिङ, आइटी र व्यवस्थापनसँग सम्बन्धित छन् ।
इञ्जिनियरिङतर्फका सिग्नेचर, ब्रिज, वेष्ट म्यानेजमेन्ट सिस्टम, ग्वार्काेको फ्लाइओभर, तीनकुने टनेल, वानेश्वरको ट्राफिक मेनेजमेन्ट विथ आउट लाइट, पोड वे ट्रान्सपोर्टेसन सिस्टम, नागढुंगा टनेल, रिटेनिङ एण्ड स्टेबिलिटी स्टक्चर, लिक्वी फ्याक्सन, अर्लि वार्निङ सिस्टमलगायतका विभिन्न प्रोजेक्ट रहेका छन् ।
त्यस्तै आइटीतर्फ फायर डिटेक्सन एण्ड अलार्म सिस्टम, भिजिटर लग सिस्टम, रेन्ट रोबर, च्याट नेक्सस बिजिनेस, भेइकल नम्बर प्लेट डिटेक्सन, भिजिटर काउन्टर, फेस रिकनाइजेसन सिस्टम, मुडअनुसार गीत बजाउने सिस्टम, जेष्टर कन्ट्रोल प्रिजेन्टेसन, होम अटोमेसन सिस्टम, फ्लोड अलर्ट सिस्टम, पेमेन्ट कन्फर्मेसन, इमर्जेन्सी अलर्ट सिस्टम, अटोमेटिक वाटर लेभल कन्ट्रोलिङ, स्मार्ट एग्रिकल्चर सिस्टमलगायत ३० भन्दा बढी स्टल रहेका मिडिया संयोजक राजीव तिमल्सिनाले जानकारी दिनुभयो । प्रदर्शनी आइतबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच