
काठमाडौं । अर्थ मन्त्रालयले सय दिनको कार्यक्रममा उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्ने विषय समावेश गरेकोमा निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले सकारात्मक रूपमा लिएको छ । महासंघले सुधारका लागि समन्वय गर्न उच्चस्तरीय आयोगको माग राख्दै आएको थियो ।
अर्थतन्त्र सम्बद्ध क्षेत्रबीच समन्वय अभाव, निजी क्षेत्रको नीति निर्माण तहमा सीमित पहुँच र तत्कालीन एवं दीर्घकालीन रूपमा अर्थतन्त्र चलायमान बनाई दिगो आर्थिक विकास हासिल गर्नुपर्ने अहिलेको आवश्यकता भएकाले महासंघले आयोगको प्रस्ताव सरकारसमक्ष राखेकोमा प्रस्तावबमोजिम आयोगलाई सरकारले प्राथमिकता दिएको भन्दै महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले आभार प्रकट गर्नुभएको छ ।
अर्थ मन्त्रालयले सय दिनको प्राथमिकतामा समावेश गरेकोमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसहित मन्त्रालयलाई महासंघले धन्यवाद दिँदै मितव्ययी रूपमा आयोग सञचालनको ढाँचा पनि प्रस्ताव गरिएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच