
सर्लाही । आम जनता पार्टी (आजपा) को सम्पन्न दोस्रो जिल्ला भेलाले डा.नवलकिशोर साहको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको छ ।
आजपाको दोस्रो जिल्ला भेलाले अध्यक्षमा डा. नवलकिशोर साह, उपाध्यक्षमा सुनिल गुप्ता, प्रमोदकुमार साह, अधिवक्ता दिलिप कर्ण, कोशिला देवी साह, सचिवमा डा.शैलेन्द्र यादव, सहसचिवमा जलन्धर साह, शशि अधिकारी, अधिवक्ता कौशल किशोर साह र कोषाध्यक्षमा विवेक यादव सर्वसम्मत चयन हुनु भएकाे छ ।
आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहका अनुसार आजपा सर्लाही जिल्ला कमिटीको सदस्यहरुमा देवनारायण चौधरी, सरोज महतो, हरेश साह, जयनाथ साह, मुकेश गुप्ता, राजेश साह, राजिव चौधरी, हासिम हुसैन, लालबाबू साह, राकेश साह, रंजिता चौधरी, दिपेश्वर रौनियार, रामलोचन दास, विकेश महतो, निरुदेवी राउत, लक्ष्मीनिया देवी, रमाशंकर साह, बजरंगी साह, मिथलेश महतो, दिनेश गोसाई, रुपेश साह, बिजय साह, राज यादव, नागेन्द्र महतो, राधेश्याम साह, नसरुदिन मंसरी, श्रीराम साह, सुजय यादव, चन्द्रिका चौधरी, महेन्द्र चौधरी, भोला चौधरी, राम महरा हुनुहुन्छ ।
यसैगरी सदस्यमै कृष्णनन्दन साह, प्रमोद चौधरी, प्रमोद साह, सुनिता साह, धर्मनाथ ठाकुर, रामबाबू साह, विक्रम पासवान, मोहनलाल साह, लक्ष्मण साह, कृष्ण दमन, उमेश चोधरी, भोजे लामा, संजीव गुप्ता, कृष्ण दमन, चंचला कुमारी कुशवाहा, राजेश साह, सुरेश सिंह, मोहन साह, रक्की साह, राजेन्द्र कार्की, सीताराम साह, अजय मुखिया, कमल साह, राजकुमार पासवान, धर्मेन्द्र साह, सुनिल यादव, पञ्चे लामा, बिजय लामा, दिपक गुप्ता, मदन लामा, अजय चौधरी, रिना कुमारी लगायत हुनु हुन्छ ।
तेस्रो जनआन्दोलनको तयारी स्वरुप एवं शहिद कमरेड रामबृक्ष यादवको स्मृति दिवसको अवसरमा आयोजित दोस्रो जिल्ला भेलाको उदघाटन सर्लाहीको मलंगवामा आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले गर्नुभएकाे थियाे । भेलाको उदघाटन गर्दै अध्यक्ष साहले दलाल दलतन्त्रको विरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि हुने आन्दोलनको तयारीमा जुटन आह्वान गर्नुभयाे । लुटकारी दलाल दलतन्त्रले मुलुक समृद्ध हुन नसक्ने बताउँदै उहाँले भ्रष्ट नेताहरुबाट परिवर्तन नहुने बताउनु भयाे ।
"आमुल परिवर्तनका लागि आम विद्रोहको पथमा अघि बढौं! - लुटकारी दलतन्त्र अन्त्य गर्न तेस्रो जनान्दोलन सफल पारौं!!" भन्ने मुल नारा सहित सम्पन्न सो भेलामा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष रिता साह, महासचिव त्रिभुवन साह, उपमहासचिव चन्द्रभूषण साह, सचिव उमेश कुशवाहा, स्थायी कमिटीका सदस्यहरु रबिन्द्र सिंह, सुनिता साह लगायतका नेताहरुको विशेष सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच