
काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू-२० पुरुष भलिबल च्याम्पियनसिपको तयारीका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । नेपाल भलिबल संघ (एनभिए) ले १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । एनभिएले बन्द प्रशिक्षण यही भदौ ८ गतेबाट सुरु हुने जनाएको छ ।
बन्द प्रशिक्षणका लागि छनोट भएका खेलाडीलाई भदौ ७ गतेसम्ममा सम्पर्कमा आउनुपर्ने एनभिएले जनाएको छ । बन्द प्रशिक्षणमा गण्डकीबाट सरोज बर्देवा, सूर्य विक, विश्वास अधिकारी, सुक्सन थापा, सौरभ फुन्जेली र जितबहादुर सार्कीलाई बोलाइएको छ ।
यस्तै, लुम्बिनीबाट लेसमन राहादी, रेशम विक, सागर रसौली र दिपेश कुँवर प्रशिक्षणमा सहभागी हुनुहुनेछ । सुदूरपश्चिमबाट सुनिल बोहोरा, सुरेश मल्ल, अर्जुन नेपाली र अशोक राना हुनुहुन्छ ।
कोशीबाट अभिषेक थापा, मधेशबाट शैलेन्द्र यादव, बागमतीबाट सुजन सुनार र कर्णालीबाट पहल गहतराज पनि बन्द प्रशिक्षणमा पर्नुभएको छ । बन्द प्रशिक्षण ८ भदौबाट सुरु हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच