अबुधाबी । आइसिसी महिला ट्वान्टी-२० विश्वकप २०२४ बंगलादेशबाट संयुक्त अरब इमिरेट्स (युएई) सारिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बंगलादेशबाट युएई सारिएको पुष्टि गरेको हो । यो विश्वकप अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा हुने तय थियो । तर, बंगलादेशमा भएको विद्यार्थी आन्दोलनका कारण प्रतियोगिता अनिश्चित थियो । बंगलादेशमा जुलाई र अगस्टमा देशव्यापी सरकारविरोधी आन्दोलनपछि आइसिसीले कार्यक्रम स्थल परिवर्तन गरेको हो ।
आइसिसीका प्रमुख कार्यकारी जेफ एलार्डिसले भन्नुभयो, ‘बंगलादेशमा विश्वकप आयोजना गर्न नपाउनु लाजमर्दो कुरा हो । किनभने बंगलादेश क्रिकेट बोर्डले एउटा अविस्मरणीय कार्यक्रम आयोजना गरेको थियो ।’ बंगलादेशमा असुरक्षालगायतको कारण देखाउँदै बंगलादेशबाट विश्वकप युएई सारिएको हो । युएईमा विश्वकप आयोजना भए पनि होस्टिङ अधिकार भने बंगलादेशकै रहनेछ ।
बंगलादेश सरकारले विश्वकप आयोजना अधिकार कायम गर्न अन्तिम समयसम्म प्रयास गरेको थियो । तर, अस्ट्रेलिया, भारत, न्युजिल्याण्ड र बेलायतलगायत देशले आफ्ना नागरिकलाई बंगलादेश जान रोक लगाएको छ । बिसिसिआईले विश्वकप आयोजनाका लागि आइसिसीको प्रस्ताव अस्वीकार गरेपछि युएई, श्रीलंका र जिम्बाब्वे विश्वकप आयोजनाका लागि विकल्पका रूपमा रहेका थिए । युएईले यसअघि सन् २०२१ को पुरुष टी-२० विश्वकप ओमानसँगै आयोजना गरेको थियो । १० टोलीको सहभागिता रहेको प्रतियोगिता अक्टोबर ३ देखि अक्टोबर २० सम्म सञ्चालन हुनेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच