बैतडी । कक्षा ८ परीक्षामा विद्यालय निल आएपछि बैतडीको एक विद्यालयका प्रधानाध्यापकले राजीनामा दिनुभएको छ । जिल्लाको पाटन नगरपालिका-१ को सिद्वेवर मावि मेल्चौराका प्रधानाध्यापक प्रकाश लुहारले राजिनामा दिनुभएको हो ।
नगरस्तरीय कक्षा ८ को परीक्षामा सबै विद्यार्थीहरू अनुत्तीर्ण भएपछि लोहारले आइतबार विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिक्मत सिंह रावल समक्ष राजीनामा बुझाउनु भएको हो ।
नगरस्तरीय कक्षा ८ को बार्षिक परिक्षामा उक्त बिद्यालयबाट १८ जना विद्यार्थी सहभागी भएका थिए । सबै अनुत्तीर्ण भएका थिए
निम्न माध्यमिक विद्यालय स्थायी रहेको विद्यालयमा कक्षा ८ सम्म स्थायी शिक्षक पूर्णरुपमा भएपनि नगर स्तरीय परीक्षामा कक्षा ८ मा शून्य नतिजा आएको छ भने, कक्षा १ देखि ९ सम्मको वडा स्तरीय परीक्षामा जम्मा १ सय २७ जना मध्ये २२ जना मात्र उर्तीण भएका छन् ।
तीन वर्ष एक महिना प्रधानाध्यापकको जिम्मेवारीमा रहेका लोहारले विद्यालयको नतिजा सन्तोषजनक नआएपछि नैतिकताको आधारमा राजीनामा दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नि।मा।वि।मा शिक्षक कोटा पुरा छ, नतिजा शून्य आयो, यो मलाई चित्त बुझेन, अब अरू साथीले गर्नहुन्छ, मेरो सहयोग पुरा रहन्छ ।’
नगर शिक्षक तथा स्वयंसेवक शिक्षकहरूले अध्यापन गराइरहेको विद्यालयको भन्दा रिजल्ट कमजोर आएपछि आफूले प्रधानाध्यापक पदबाट राजीनामा दिएको उहाँले बताउनुभयो । कक्षा ८ मात्र नभई १ देखी ९ सम्मकै नतिजा सन्तोषजनक नआएको लोहारको भनाई छ । विभिन्न दबाबका कारण सोचे अनुसार काम गर्ने वातावरण नभएको उहाँको गुनासो छ ।
विद्यालय व्यवस्थापन समितिले शिक्षक उद्धव भट्टराईलाई अहिलेका लागि निमित्त प्रधानाध्यापकको जिम्मा दिएको छ भने ७ गते भित्र नयाँ प्रधानाध्यापक नियुक्त गर्ने जनाएको छ । जसका लागि शिक्षकहरूबाट विद्यालय विकास प्रस्ताव माग गरिएको विद्यालय स्रोतले जनाएको छ ।
यसपाली पाटन नगरपालिका भित्र रहेका ३५ विद्यालय मध्ये कक्षा ८ मा ७ विद्यालयको नतिजा निल आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच