आर्थिक वृद्धिदरको ८ प्रतिशतको लक्ष्य पूरा हुँदैन : अर्थमन्त्री पौडेल

Read Time = 2 mins

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटमा राखिएको आर्थिक वृद्धिदरको ८ प्रतिशतको लक्ष्य पूरा नहुने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री पौडेलले चालु आर्थिक बजेटको अर्धवार्षिक समिक्षा प्रतिनिधि सभामा पेस गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले पर्यटन क्षेत्रमा केही सुधार भएपनि उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्नसक्ने नदेखिएकाले आर्थिक वृद्धि लक्ष्य अनुसार नहुने देखिएकाले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ८ प्रतिशतको लक्ष्य पूरा हुने देखिएको बताउनु भयो ।

अर्थमन्त्री पौडेलले आयात नियमनको असर र आपूर्तिमा आएको सुस्तताका कारण राजस्व संकलनमा दबाब परी देशको अर्थतन्त्र चरम दबाबमा रहेको पनि बताउनु भयो । उहाँले राजश्व प्रणालीले अनिवार्य दायित्वमा छुट्याएको रकमसमेत नपुग भएको बताउनु भयो ।

उहाँले सरकारलाई तत्कालीन र दीर्घकालीन प्रकृतिका दायित्वले झनै दबाब थपिएको भन्दै सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्यसमेत हासिल नहुने पौडेलले बताउनु भयो ।

अर्थमन्त्री पौडेलले विश्व अर्थतन्त्रमा देखिएका कसिला नीतिले नेपालको आर्थिक नीतिमा चुनौति थपिएको बताएका छन् । उहाँले धान उत्पादन गत वर्ष भन्दा सामान्य मात्र वृद्धि हुने उल्लेख गर्नुभयो ।

अर्थमन्त्री पौडेलले बजेटमा मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकामा ७.२६ पुगेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?