काठमाडौं । साफ यु–२० च्याम्पियनसिप फुटबलमा आज नेपालले बंगलादेशको सामना गर्दैछ । खेल दिउँसो ३ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ ।
प्रतियोगितामा दुवै टोलीले आज दोस्रो खेल खेल्दै छन् । यसअघिको खेलमा दुवै टोलीले श्रीलंकालाई पराजित गरेर एक खेल अगावै सेमिफाइनलमा पुगिसकेका छन् ।
दुबै टोलीको समान तीन अंक छ । गोलअन्तरका आधारमा बंगलादेश शीर्ष स्थानमा छ । यो खेलको विजेता टोली समू विजेता र पराजित हुने टोली समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछन्।
समूह बी बाट भने भारत, भुटान र मालदिभ्स तिनै टोलीको सेमिफाइनल पुग्ने सम्भावना उत्तिकै छ।
भारतले पहिलो खेलमा भुटानमाथि १–० को कठिन जित निकालेको थियो। भुटानले भने आफ्नो दोस्रो खेलमा बुधबार मालदिभ्सलाई २–१ गोल अन्तरले हराउँदै अन्तिम चारमा पुग्ने सम्भावना जिवित राखेको छ।
प्रतियोगितामा ६ टोली सहभागी छन् । जसमा नेपाल रहेको समूह ‘ए’मा बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच