
काठमाडौं । ओडिआई वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ । क्यानडा दुई स्थान तल झर्दा नेपालले वरीयतामा एक स्थान सुधार गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी)ले निकालेको पछिल्लो वरीयताक्रममा नेपाल १६औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७औँ स्थानमा थियो ।
क्यानडाले युएईमा केही महिनाअघि भएको लिग टुअन्तर्गतको त्रिकोणात्मक सिरिजमा शतप्रतिशत नतिजा निकाल्दै नेपाललाई वरीयतामा पछि पारेको थियो । तर, नेदरल्याण्ड्समा भइरहेको त्रिकोणात्मक सिरिजका चारै खेलमा पराजित भएपछि क्यानडाको वरीयता खस्किएको हो ।
दुई स्थान खस्किएर क्यानडा १८औँ स्थानमा पुगेको छ । एसोसिएटतर्फको शीर्ष स्थानमा स्कटल्याण्ड रहेको छ । नेपालभन्दा अघि एसोसिएट राष्ट्रमा स्कटल्याण्ड, नेदरल्याण्ड्स र नामिबिया छन् । ओडिआई वरीयताको शीर्ष स्थानमा भारत, दोस्रो स्थानमा अस्ट्रेलिया र तेस्रो स्थानमा दक्षिण अफ्रिका छन् । टी-२० आईतर्फ भने नेपाल १७औँ स्थानमा कायमै रहेको छ । टी ट्वान्टी आईको शीर्ष स्थानमा भारत छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच