✍️ कलानिधि दाहाल
तीन प्रकार-जड्, संवेदित र चेतन आत्महत्याले विश्व मानवसमाज क्षतविक्षत छ । हामी देखिने मृत्युलाई माध्यम बनाएर आँसुका धारा चुहाउँछौँ वा आक्रोशका ज्वाला जलाउँछौँ । युद्धका आगामा जलेका, घटनादुर्घटनामा मरेका, रोगब्याधीबाट सकिएकाप्रति हाम्रा आँखा खुब रसाउँछन् । मन द्रवित हुन्छ । हामी एउटा धारणा बनाउँछौँ पलायनप्रतिको । या त अर्कै किसिमको आशा जगाएर जीवनलाई यसबाट टाढा राख्छौँ या त निराशाका पल्ला सीमामा पुगेर बिस्तारै बनेको जीवन पनि बिगार्छौं । वास्तवमा यी सबै खालका मृत्युभन्दा सङ्ख्यामा ज्यादा हुने मृत्यु हो आत्महत्याको मृत्यु ।
जीवनका गहिराइ पक्षबाट अनभिज्ञ हुने व्यक्तिहरू यी अप्राकृतिक मृत्यु मर्छन् । सामान्य भौतिक प्राप्तिका धारणाले जीवनयात्रा सुरु गर्ने यिनीहरू यसका चार कोण-गहिराइ-उचाइ, चौडाइ-खुम्चाइ अर्थात आरोहावरोह, स्थिर-अस्थिर अझ अर्का शब्दमा प्राप्ति-अप्राप्ति, रहनु-गुम्नुका परिदृश्यमा जीवन परिभ्रमित हुन्छ भन्ने सोचको आसपासमा नै पुगेका हुन्नन् । जीवन विकल्पको आङ्कुसेमा लड्किएको हुन्छ भन्ने सोच नै नजन्मेका मान्छेहरू एकमात्र धारणाका रोगी हुन्छन् । त्यो नपुग्ने सम्भावना बढी हुन्छ ।
संवेदित आत्महत्या आक्रोशको उपज हो । साना वा प्राकृतिक सत्य घटनामै भित्रैदेखि झट्ट आँसु झर्ने, अलिकति खुसीमा बुरुक्क उफ्रिने, प्रशंसामा ज्यादा रमाउने, आलोचना सुन्नै नसकी भुतुक्कै हुने मान्छेका मनोग्रन्थीहरू विपरीत विषय, प्रतिकूल समय, अनिच्छित कुनै पनि कुरा सामु पर्नासाथ अहङ्कारका भुँमरीले सन्तुलनका ग्रन्थी टुटाउँछ ।
कारण जीवन भनेको नै सोचेको नहुनु, नसोचेको भइरहनु, चाहेको नपाइनु, नचाहेको सँग घुमिरहनु, खोजेको नपाइनु, नखोजेको सँग सधैँ लुट्पुटिन बाध्य हुनुपर्छको दार्शनिक धरातल नजन्मेका मान्छेहरू खोजेको नपाइनासाथ, चाहेको नभेटिनासाथ, भनेको नहुनासाथ आवेगको तुफानी झञ्झामा पुगेर जीवन समाप्त गर्दछन् जुन अप्राकृतिक समाप्ति हो । विश्वका जम्मै महामारी जो अचानक आउँछन्, छोटै समयमा जान्छन् पनि र युद्धका दृश्यागमनभन्दा बढी मर्नेहरू जड् आत्महत्याका छन् । यिनलाई मनोवैज्ञानिक तहमा बुझेर लक्ष्य उपलब्ध गराइदिन सके वा जीवनको वास्तविकता घुसाउन सकेमा अप्राकृतिक मृत्यृबाट मान्छेलाई जोगाउन सकिन्छ तर यो गर्ने कसले ? कहाँसम्म ?
संवेदित आत्महत्या आक्रोशको उपज हो । साना वा प्राकृतिक सत्य घटनामै भित्रैदेखि झट्ट आँसु झर्ने, अलिकति खुसीमा बुरुक्क उफ्रिने, प्रशंसामा ज्यादा रमाउने, आलोचना सुन्नै नसकी भुतुक्कै हुने मान्छेका मनोग्रन्थीहरू विपरीत विषय, प्रतिकूल समय, अनिच्छित कुनै पनि कुरा सामु पर्नासाथ अहङ्कारका भुँमरीले सन्तुलनका ग्रन्थी टुटाउँछ र अचानक समाप्त हुन्छन् । यो समाप्ति बिजुलीको चम्काइ जस्तै हुने हुनाले यसलाई रोक्न असम्भव छ ।
सबभन्दा माथिल्लो मृत्युको नाम हो-चेतन आत्महत्या । यसमा कुनै अस्पष्टता हुन्न । जीवनका सम्पूर्ण पाटा र पक्षहरू बुझेर यिनको उपभोग एवं प्रयोगलाई निरर्थक ठान्दै जीवनको लामो राजिनामापत्र लेखेर अर्को कसैलाई कुनै पनि आशङ्का नहुने गरी गरिने मृत्युवरणको नाम हो चेतन आत्महत्या । यस किसिमको सोच विकासका लागि पनि जग चाहिँ जड् आत्महत्या नै हो । फरक जड्मा अज्ञानता हुन्छ, अस्पष्टता हुन्छ भने यसमा यो हुन्न । जड्कै विकसित÷परिस्कृत र परिमार्जित स्वरूप हो यो । प्रथम विश्वयुद्धबाट मान्छेका लाशका पहाड र रगतका पोखरी देखेर उत्पन्न निराशा नै यसको सिरानी हो । दोस्रो विश्वयुद्धमा आइपुग्दा यसले उग्र रूप लियो । व्यक्ति आत्महत्याबाट अग्लेर यो सामूहिकका खुड्किलामा सामूहिकको पनि सीमा नाँघेर यसले शिखरारोहण गर्यो । साठी सत्तरी जनासम्मको हातेमालोमा यसले विस्तारको आयातन ग्रहण गर्दा विश्वमानव समाजमा के भयो होला ?
भेलबाट बग्दै भद्रगोलको यो कालकोठरीमा बसेर मेरा स्मृतिपटलमा मानसिक सम्पन्नताको, सहनशीलताको, संयमको अग्लो पहाड उभिएको छ । सगरमाथाभन्दा अग्लो पहाड । यसैले त यो अग्लो र दरो मेरो पहाडको वक्षस्थलमा धेरै ठगहरू आरोहित छन् । घातीहरू आरोहित छन् ।
यसलाई सम्झेर म आगमनको त्यस बिन्दुतिर फर्किन्छु जहाँ एकमात्र सोच, एकमात्र गति, एकमात्र प्राप्तिका आशामा माली गाईगोठमा रहेर भररात चोरीकर्मभित्र सामूहिक रूपले लागेका थियौँ । भलै समूहको आकार तीनजना पुरु, नारद र मेरोमात्र किन नहोस् । रातकै अझ रमाइलो पक्ष त्यहाँ थियो सुत्ने बेलाको । गोठको आकार त भकारीको छानो, चित्राको ढोका, एउटा लामो काठको बलोले साँध लगाएको ओच्छ्यान, त्यही बलोको नजिक बाहिरपट्टि अँगेनो, दाउराले दन्दन दन्केको आगो । गोठको प्रयोग जाडोको बेलामा, जाडाकै ठाउँमा हुने हो । असोजबाट फगुनसम्म बारी बारीमा गोठछाप्राको प्रयोग हुन्छ । चैत अझ फागुनदेखि नै बाँझा बारी जोतिने हुनाले गोठहरू निर्जन पहाडी लेकाली भेगका पनि जनआवाजका हिसाबले शान्त एकान्त ठाउँ लेकतिर उचालिन्छन् ।
राति सुत्ने बेलामा, चोरीबाट पेट टम्म अघाइसकेपछि जिब्रा थाकिसकेपछि अँगेनोपटिको तातो भाग गोठवाला पुरुको लाहाछाप थियो नै । माझमा को ? र भित्तामा को सुत्ने ? भित्तामा सुत्न कोही तयार हुँदैनथ्यो, हुँदैनन् र हुने पनि छैनन् । यो सबैको जहाँसुकैको पनि एक खालको बानी हो, संस्कारगत रोग हो । अहिले पनि हरेक मानिसका घरघरमा अवस्थित खाट पलङ्गहरूमा हैकम जमाउने नै छेउमा कम हैकमवाला माझमा विनाहैकमको भित्तामा सुतेको हुन्छ । यो विनानियमको नियम हो । साना छँदा छेउतिर सुताए दुर्घटना हुने भयले बच्चाबच्चीलाई बीच वा भित्तातिर सुताइन्छ । यसै आदतको बढोत्तरी हुँदै गएर यही संस्कारका रूपमा सर्वत्र फैलिएको रोग रहेछ यो । धर्मको रोगजस्तै, मूर्तिपूजाको रोगजस्तै, राजनीतिको रोगजस्तै, कुनै पनि कुराको विरोध या समर्थनको रोगजस्तै रोग रहेछ गोठको कुन भागमा को सुत्ने भन्ने कुरा पनि ।
अहिले बुझियो तर त्यस बेला अनजानमा नै बीच र भित्तामा सुत्ने व्यक्ति निर्धारण गर्न लिग्लिगेमा राजा छान्न दौडको आयोजना गरेजस्तै हामी दुई–नारद र ममा कुरुक्षेत्र अर्थात् युद्धको आयोजना नियमित कार्य वा रुटिङ्जस्तै भएको थियो । जोडतोडले कहिलेकहीँ त घाउ पनि लाग्थे, रगत बग्दथ्यो तर कुस्ती अनिवार्य खेल्थ्यौँ । जित्ने माझमा र हार्ने चाइँचुइँ नगरी सहज स्वीकारेर भित्तामा सुत्नु पथ्र्यो, सुत्थ्यौँ । यो हारजित इष्र्यामा हुँदैनथ्यो, गाढा प्रतिस्पर्धामा हुँदैनथ्यो । यो सहनशीलताको सुन्दर अभ्यास रहेछ अनजानको । दुई मित्रहरूले यसलाई कति व्यावहारिक रूपमा सम्झन्छन् ? ठ्याक्क भन्न म सक्दिन ।
भेलबाट बग्दै भद्रगोलको यो कालकोठरीमा बसेर मेरा स्मृतिपटलमा मानसिक सम्पन्नताको, सहनशीलताको, संयमको अग्लो पहाड उभिएको छ । सगरमाथाभन्दा अग्लो पहाड । यसैले त यो अग्लो र दरो मेरो पहाडको वक्षस्थलमा धेरै ठगहरू आरोहित छन् । घातीहरू आरोहित छन् । छद्मभेषी अनुहारहरू आरोहित छन् । दुई पैसे सेता दाँतमा विषका घैँटा छचल्केका काला अपराधीहरू आरोहित छन् । त्यही ठगीका पैसाले संस्था खोल्ने, कार्यक्रमका दिन रातरातभर फोन गरेर पनि साना कोठाका खाली कुर्सी देखाएर स्टाटस राख्दै–‘म क्षमाप्रार्थी छु असङ्ख्य भीड भएकाले बस्ने व्यवस्था गर्न नसकेकामा’ जस्ता शब्दहरू खर्चेर निर्लज्जताको पराकाष्ठामा नाच्ने नक्कलेका कार्यक्रममा स्वघोषित आविष्कारक मित्रहरूका उपस्थिति देख्दा उनीहरूका मनोविश्लेषणात्मक दरिद्रतामा विद्यमान नेपाली साहित्यको अवस्थाबोधले चिन्तित हुनु पनि अस्वाभाविक होइन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच