विद्यार्थीको सिकाई परिवर्तनका लागि ‘ई-लर्निङ’ सेन्टर संचालन

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । विद्यार्थीहरुको सिकाईमा परिवर्तन ल्याउने उद्देश्यका साथ त्रिभुवन विश्व विद्यालयको आंगिक भोजपुर बहुमुखी क्याम्पसमा स्थापना भएको ई-लर्निङ सेन्टर संचालनमा आएको छ । ईश्वर मन्दिर काठमाडाैंले आवश्यक सामाग्रीहरुसहित क्याम्पसमा संचालन गरि दिएको सेन्टर संचालनमा आएको क्याम्पस प्रमुख भोलानाथ राईले बताउनुभयो ।

सेन्टर संचालनमा आएसँगै अहिले डेढ सय बढी विद्यार्थीहरुले समय मिलाएर ई-लर्निङ सेन्टरको प्रयोग गर्दै आईरहेको क्याम्पस प्रमुख राईले जानकारी दिनुभयो । प्रमुख राईले भन्नुभयो, “ईश्वर मन्दिरका संरक्षक तथा पूर्वमन्त्री शंकरप्रसाद कोइरालाको टिमले क्याम्पसमा स्थापना गरेको ई-लर्निङ सेन्टरले विद्यार्थीको सिकाईमा समेत परिवर्तन हुने छ ।” एक पटकमा २० जना विद्यार्थीले प्रयोग गर्न पाउने भएकाले समय तालिका मिलाएर विद्यार्थीहरुलाई प्रयोगको अवसर मिलाएका छौ, प्रमुख राईले भन्नुभयो ।

ई-लर्निङ सेवा संचालनमा आएपछि बिद्यार्थी र क्याम्पसको टिमलाई सहजता भएको छ । ई-लर्निङ सेन्टर स्थापनाले क्याम्पसका विद्यार्थी प्रध्रानाध्यापकहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न सहयोग पुग्ने क्याम्पसका स्वबियु सभापति निशान राईले बताउनुभयो ।

विद्यार्थीलाई सूचना प्रविधिसँग अभ्यस्त गर्दै सिकाईलाई प्रभावकारी बनाउने उद्देश्यले संस्थाले भोजपुरका शैक्षिक संस्थाहरुमा ई-लर्निङ सेन्टर स्थापना गर्दै आएको ईश्वर मन्दिर काठमाडाैंका महासचिव संकेत कोइरालाले बताउनुभयो । महासचिव कोइरालाले भन्नुभयो, ‘सूचना प्रविधिको वर्तमान युगमा विगतमा जस्तो अध्ययन गरेर मात्र हुँदैन, विद्यार्थीलाई प्रविधिसँग जोड्न जरूरी छ । त्यसैले सदरमुकाम र ग्रामीण क्षेत्रका विद्यालयमा पनि ई-लर्निङ सेन्टर स्थापनामा सहयोग गरिरहेका छौँ । यसले पठनपाठनमा समेत सहजता हुने विश्वास लिएका छौँ ।’

संस्थाले भोजपुर क्याम्पस सहित त्रिभुवन धर्मोदय माध्यामिक विद्यालय छिनामखु, विद्योदय मावि, जनसेवा आधरभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, आदर्श शिशु आधारभूत विद्यालय, हतुवागढी गाउँपालिकामा रहेको सगरमाथा मावि, षडानन्द नगरपालिकामा रहेको अरुण मावि, अरुण गाउँपालिकाको शारदा माविलगायतका शैक्षिक संस्थाहरुमा कम्प्युटरलगायतका सामग्री सहयोग गरी ई-लर्निङ सेन्टर स्थापनामा योगदान गरिसकेको छ ।

ईश्वर मन्दिरले सुरु गरेको ‘विद्यार्थी साथमा, कम्प्युटर हातमा’ भन्ने अभियानले भोजपुरको शैक्षिक सुधारमा महत्वपूर्ण योगदान मिल्ने र आगामी दिनमा पनि यो अभियान संस्थाले जारी राख्ने संरक्षक तथा पूर्वमन्त्री शंकरप्रसाद कोइरालाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?