काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको चुनावी साधारणसभाले बृजेन्द्रबहादुर हमालको अध्यक्षतामा १२ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । लैनचौरमा शनिबार सम्पन्न चुनावी साधारणसभाबाट संघको उपाध्यक्षमा गोवद्र्धन श्रेष्ठ, मनोहरकुमार पोखरेल र पूर्णशंकर श्रेष्ठ, महासचिवमा कुँवेरप्रकाश सिंह, सचिवमा प्रज्ज्वलकान्त मैनाली र कोषाध्यक्षमा ज्याकी महर्जन चयन हुनुभएको छ ।
यस्तै सदस्यहरूमा शिवसुन्दर गोथे, नरबहादुर क्षेत्री, ऋषिराज लहरे, नवीनबहादुर सिंह र सन्तोषकुमार पौडेल निर्वाचित हुनुभएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको साधारणसभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच