काठमाडौं । चलचित्र ‘हन्टर’ निर्माण हुनेभएको छ । अरूण क्षेत्रीको मुख्य भूमिकामा रहने यो चलचित्रको श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर घोषणा गरिएको हो । अरूणले यसअघि ‘महापुरुष’, ‘प्रेमा’, ‘ज्याकी आइएम २१’लगायत चलचित्रमा गर्नुभएको छ ।
अन्य कलाकारबारे केही दिनपछि जानकारी गराइने निर्माणपक्षले जनाएको छ । चलचित्रलाई जीवन सिंहले निर्देशन गर्दै हुनुहुन्छ । यो उहाँको डेब्यु निर्देशन चलचित्र हो ।
क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने चलचित्रले सुदूरपश्चिमको कथा भन्ने निर्माणपक्षले जनाएको छ । पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहने चलचित्रको प्रिप्रोडक्सनको काम भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच