एजेन्सी । इंग्लिस क्लब ब्राइटनले स्कटिस क्लब सेल्टिकका मिडफिल्डर म्याट ओ‘रिलेलाई अनुबन्ध गरेको छ । २३ वर्षीय ओ’रिलेले सन् २०२८-२९ को सिजनसम्मका लागि पाँच वर्षका लागि सम्झौता गरेको ब्राइटनले जनाएको छ । यसको मूल्य कम्तीमा दुई करोड ५० लाख पाउण्ड (तीन करोड ३० लाख अमेरिकी डलर) रहेको बताइएको छ ।
ओ‘रिलेले सेल्टिकबाट कुल १२४ खेल खेल्नुभएको छ । उहाँले यसक्रममा ६ उपाधि जित्दा २७ गोल गर्नुभएको छ । ‘म निकै खुसी छु । दुई क्लबबीचको वार्ता चलिरहँदा पछिल्लो दुई हप्ता मेरा लागि तनावपूर्ण रहृयो । अहिले म यहाँ आउन पाउँदा खुसी छुँ,’ सम्झौतापछि ओ‘रिलेले भन्नुभयो ।
ब्राइटनका प्रशिक्षक फाबियन हर्जेलरले भन्नुभयो, ‘उनी प्रतिद्वन्द्वीको पेनाल्टी एरियामा आक्रमण गर्न रुचाउँछन् तर उनीसँग राम्रो रक्षात्मक प्रवृत्ति पनि छ । त्यो सन्तुलनले उसलाई विशेष बनाउँछ ।’ ओ‘रिले सन् २०२२ मा एमके डन्सबाट १.२ मिलियन पाउण्डमा सेल्टिकमा अनुबन्धित हुनुभएको थियो । ओ’रिलेले सेल्टिकलाई पछिल्लो तीन सिजनमा स्कटिस लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
नयाँ सिजनका लागि ब्राइटनले अनुबन्ध गरेको ओ‘रिले सातौँ खेलाडी हुनुहुन्छ । प्रिमियर लिगको दुई खेल खेलिसक्दा ब्राइटन ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । ब्राइटनले प्रिमियर लिगका सुरुवाती दुई खेलमा एभर्टन र म्यानचेस्टर युनाइटेडविरुद्ध जित निकालेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच