काठमाडौं । नेकपा एकीकृत समाजवादीले ८४ सदस्यीय पोलिटब्यूरो कमिटी चयन गरेको छ ।
आज बिहान सम्पन्न मत परिणामअनुसार पोलिटब्यूरो सदस्यमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रमा आलेमगर, रामकुमारी झाँक्री, रामचन्द्र झा, कल्याणीकुमारी खड्का, डा विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, रामकुमार ज्ञवाली, डा वंशीधर मिश्र विजयी हुनुभएको छ ।
यस्तै, विजय सुब्बा, उर्वादत्त पन्त, निरादेवी जैरु, नागेन्द्रप्रसाद चौधरी, अम्मरबहादुर थापा, बलराम प्रसाद बास्कोटा, शत्रुधन महतो, दिलकुमारी पन्त, सुदेश पराजुली, साध्यबहादुर भण्डारी, लगायत चयन हुनुभएको छ ।
सार्वजनिक मत परिणाम अनुसार पदाधिकारीमा हारेका विरोध खतिवडाले पोलिटब्युरोमा सबैभन्दा बढी मत पाउनुभएको छ ।
उहाँले २०१ मत पाउँदा दोस्रो लोकप्रिय मत जीवनराम श्रेष्ठले १९५ मत प्राप्त गर्नुभएको छ । तेस्रो स्थानमा रहेकी रमा आले मगरले १९४ मत पाएकोमा चौथो स्थानमा पनि पदाधिकारीमै हारेकी रामकुमारी झाँक्रीले ओगट्नुभएको छ ।
एकीकृत समाजवादीले बुधबार पदाधिकारीको निर्वाचनमार्फत टुंगो लगाएको थियो । एकीकृत समाजवादीमा पदाधिकारी २१ र पोलिटब्यूरो १०५ सदस्यीय (पदाधिकारीसहित) रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच