कैलाली । नेपाली काँग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले दुई ठुला दल मिलेर सरकार बन्नु अनौठो नभएको बताउनु भयो । कैलालीको धनगढीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राणाले यस्तो बताउनु भएको हो । देश समस्यामा परेको समयमा ठुला दलकै सरकार बनेको भन्दै उहाँले सरकार अस्थिर हुँदा विकासको गति र समृद्धिको चाहना पूरा नभएकोले अहिलेको सरकार बनेको बताउनु भयो ।
मन्त्री राणाले अहिलेको सरकारको एउटा उद्देश्य संविधानको संशोधन पनि भएको बताउनु भयो । तर, संविधानको मूलभूत सिद्धान्त परिवर्तन नहुने उहाँको दाबी थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई प्रधानमन्त्री बनाउन चाहन्छु भन्नुभएको र धेरैले तपाईं बन्नुहुन्छ भनेर अनुमान गरेका छन् नी भनेर पत्रकारले सोधेको जिज्ञासामा उहाँले भन्नुभयो, 'बाहिर मेरोबारे जेजस्तो भए पनि पार्टीभित्र मेरो हैसियत के छ भन्नेबारे म जानकार छु ।'
परराष्ट्रमन्त्री बनेको छोटो समयमै नेपाललाई सबै देशले सहयोग गर्न चाहेको कुरा आफूलाई लागेको मन्त्री राणाको भनाई थियो । सबै देश नेपालप्रति सकारात्मक रहेको भन्दै नेपाल तर्फबाटै केही कमजोरी भएको बताउनु भयो । यस्तै उहाँले सुदुरपश्चिमका बिभिन्न योजना चाँडो कार्यान्वयनका लागी समेत भारतसगं छलफल भएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच