
हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले सार्वजनिक सवारी साधनको हकमा एकमुष्ट कर प्रणाली लागू गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार हेटौंडामा अयोजित लोकतान्त्रिक यातायात व्यवसायी संघको प्रदेश सम्मेलनमा बोल्दै मन्त्री काफ्लेले एक मुष्ट कर प्रणालीमा समेट्न नसके यातायात क्षेत्रमा सुधार गर्न नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘सार्वजनिक यातायातमा विद्यार्थीलाई भाडादर छुटको व्यवस्था, विद्यार्थी आन्दोलनको बलमा स्थापित भएको हो । यो सत प्रतिशत कार्यान्वयन हुनुपर्छ । त्यसैले यस क्षेत्रमा देखिएका हरेक समस्या समाधानका लागि सकारात्मक रुपमा काम गर्न मेरो मन्त्रालय तयार छ ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका उनले सार्वजनिक सवारीसाधनको न्यूनतम मापदण्ड तोकिनुपर्नेमा जोड दिनुभयो ।
साथै उहाँले लोकतन्त्रमा समस्याको समाधान घट्नुभन्दा सम्भावित घटनाको परिकल्पना गरेर त्यसलाई न्यूनिकरण गर्नेतर्फ सरकार लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच