जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु

विजय रावत जुम्ला, संवाददाता
Read Time = 1 min

जुम्ला । जुम्लामा करेन्ट लागेर एकजनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका-२ स्थित मालिकाबोताको पुनलेखमा राष्ट्रिय विद्युत प्राधिकरणको लाइनले करेन्ट लागेर सोही वडाका ८४ वर्षीया गोरे रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी उमेश चन्दले जानकारी दिनुभयो ।

घर भन्दा बाहिर विद्युतको तार जथाभावी तरिकाले पोलमा जडान गर्दा उक्त घटना घटेको देखिन्छ । आज विहान ५ बजेतिर पिसाब गर्न आएको बेला करेन्ट लागेर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको कनकासुन्दरी गाउँपालिकामा रहेको प्रहरी चौकी काब्राले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?