
काठमाडौं । सिटिजन्स क्यापिटलको १८औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १५.५० प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरेको छ । साथै साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, संस्थाको नियमावलीअनुसार गरिएको सञ्चालकको नियुक्ति अनुमोदन र सञ्चालकको बैठक भत्ता परिमार्जन गरेको छ ।
नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), सेयर रजिष्ट्रार तथा डि-म्याट खातालगायत लगानीकर्तासँग प्रत्यक्ष सरोकारका कार्यको अनुमति पाएको सिटिजन्स क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी हो । काठमाडौं डिल्लीबजारमा रजिष्ट्रर कार्यालय रहेको सिटिजन्स क्यापिटलको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सविर बादे श्रेष्ठ रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच