
काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समाजवाद उन्मुख नभइकन राष्ट्रिय पुँजीको विकास सम्भव नरहेको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा नेपालमा समाजवादः चुनौति र सम्भवाना विषयक गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालका पूरा भएको आफ्नै मौलिकताको पुँजीवादी जनवादी क्रान्ति रहेको बताउनु भयो । उहाँले पुँजीवादी बाटोबाट राष्ट्रिय पुँजीको विकास सम्भव नरहेको बताउनु भयो । उहाँले समाजवादको आंशिक पक्षहरुको कार्यान्वयन गर्दै त्यसलाई बिस्तारित गर्दै एउटा बिन्दुमा पुग्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालको सन्दर्भमा कुराकानी गर्दा यहाँ प्रश्न उठेको छ । नेपालका कम्प्लिट भएको आफ्नै मौलिकताको पुँजीवादी जनवादी क्रान्ति नै हो । सामन्तवादी उत्पादन सम्बन्ध छैन भनेपछि मुलभुत रुपमा कहाँ कहाँ खोज्नुहुन्छ के अरु कुरा ? अहिले सामन्तवादी उत्पादन ढाँचा छैन । अवशेषको रुपमा छ । त्यो भनेको पुँजीवादी उत्पादन ढाँचामै छ । राष्ट्रिय पुँजीको विकास गरेर समाजवादमा जान सकिन्छ त ? भन्नेकुरा छ । एउटा कुरा प्रस्ट भन्न चाहन्छु, हामीले पहिला जस्तो राष्ट्रिय पुँजीको विकास गर्ने, पुँजीवादी बाटोबाटै र त्यसपछि समाजवादमा जान सम्भव छैन । राष्ट्रिय पुँजीको विकास अब समाजवाद उन्मुख नभइकन बन्दै बन्दैन । समाजवादको आंशिक पक्षहरुको कार्यान्वयन गर्दै त्यसलाई बिस्तारित गर्दै एउटा फड्कोमा पुग्नुपर्छ ।’
उहाँले अहिले सामन्तवादी उत्पादन ढाँचा नरहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच