बैठकमा किरातीले राख्नु भएको फरक मत यस्तो रहेको छ :
अध्यक्ष कमरेड !
अहिलेको मूल आवश्यकता रणनीति र कार्यनीतिलाई मूर्त बनाउँदै नेपाली मौलिकतामा समाजवादी विचारको विकास गर्नु हो । आज हाम्रो समाजवाद बरमझियाको असली बुढो बाजेको पेंडा जस्तै भएको छ । सबै दलले समाजवाद भन्छन् तर कसको समाजवाद कस्तो हो, स्पष्ट छैन । त्यसैले अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा “देश महायात्रा” सञ्चालन गरेर विचारको विकास गरौं । त्यसले पार्टीभित्रको संगठनात्मक संकट समाधान हुन्छ, नेतृत्व निर्माणको सवाल सम्बोधन हुन्छ र जनतामा पार्टीप्रति नयाँ किसिमबाट भरोसा निर्माण हुन्छ । त्यो काम सामूहिकतामा हुनुपर्छ, जनतामा आधारित हुनुपर्छ । त्यो अभियानलाई सफल बनाउन निम्न मौलिक विधि अपनाउन सकिन्छ ।
१. विचार निर्माणका लागि पहिलो काम :
क) सिङ्गै संगठन परिचालन गर्दै आजको नेपाली सामाजिक जनजीवनलाई बुझ्न अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा देश महायात्रा गरौं ।
ख) नेपाली ऋतुलाई आधार मानेर हिमाल, पहाड र मधेशको संस्कृतिलाई मिहिन ढंगले बुझौँ ।
ग) प्रकृतिलाई बुझ्ने र व्यवहार गर्ने नेपाली जनता र सिंगो समाजको जीवनशैली, संस्कृति र चिन्तनलाई नजिकबाट बुझौँ ।
(घ) प्रगतिशील सामाजिक मूल्य मान्यताका आधारमा ‘प्रकृति र संस्कृति मैत्री नेपाली समाजवाद’ को विकास गरौँ ।
२. विचार निर्माणका लागि दोस्रो काम :
(क) आम पार्टी पंक्तिलाई जनविश्वविद्यालमा अध्ययन गर्न गराउन पठाऔं ।
(ख) जनताका संस्कृति, इतिहास, दर्शन, अनुभव, परम्परागत संस्थाहरु बारे गहिरो अध्ययन गरेर प्रगतिशील पक्षहरुलाई आधार मानी नेपाली समाजवादको जग बसाऔं ।
(ग) समाजवाद “ल्याउने” (आयात) गर्ने होइन, समाजवादमा “पुग्ने”हो भने नेपाली विशेषताको समाजवादको “विकास” गरौं ।
३. विचार निर्माणका लागि तेस्रो काम :
(क) विश्व साम्राज्यवादका बहुमुखी सामथ्र्य र कमजोरीलाई गहिरोसँग अध्ययन गरौं र नेपाली समाजवाद त्यसभन्दा कुन अर्थमा उन्नत हुनेछ भनेर स्पष्ट पारौं ।
४. अन्तिम काम : विचारको संश्लेषण गरौं :
(क) जनताबाट आएका ज्ञानहरु र विश्व साम्राज्यवाद सम्बन्धी अध्ययनका आधारमा नेपाली समाजवादी विचारको संश्लेषण गरौं ।
ख) समाजवाद सम्बन्धी जनताले बुझ्ने भाषामा “अहिले यति गर्न सक्छौं अथवा चाहन्छौं” र “पछि यति गर्नेछौं” भनेर हाम्रो पार्टीको नीति तथा कार्यक्रम प्रस्ट पारौं ।
५. स्थानीय तह : समाजवाद निर्माणको जग : हाम्रो पार्टीको नेतृत्वमा रहेको स्थानीय तहको सरकारलाई प्रयोग गरेर समाजवादको नमुना प्रस्तुत गरौं । स्थानीय सरकार जनताको प्रत्यक्ष निगरानीमा रहने भएकोले जनताकै अपनत्व र स्वामित्व पनि हुने गर्छ त्यसैले यो स्वत्ः प्रभावकारी हुन्छ साथै त्यहीँबाट नेपाली समाजमैत्री समाजवादको विकास गर्न सकिन्छ र जनतालाई पार्टीप्रति गोलबन्द गर्न सम्भव हुन्छ ।
६. संगठन परिचालन : समाजभन्दा पर रहेर मानिसलाई कुनै पनि मूल्य मान्यतामा डोर्याउन सकिँदैन ।
नेपाली समाजले कतिपय मान्यताहरु भू–बनोट, वातावरण र ऋृतुकालीन श्रमसँग निर्माण गरेको पाइन्छ । त्यसैले नेपाली चार ऋतुको आधारमा वार्षिक क्यालेन्डर सहित बाह्रै महिना संगठनलाई परिचालन गरौं
(क ) वसन्त अभियान (चैत्र–वैशाख–जेष्ठ) भरि सृजनाको काम गर्ने ।
(ख) वर्षा अभियान (असार–साउन–भदौ) विचार निर्माण सँगै श्रम गर्ने; बाढी, पहिरो, राहत, उद्वार, पुर्नःस्थापनाबारे जनसचेतनाका काम गर्ने ।
(ग) शरद अभियान (असोज–कार्तिक–मंसिर) आन्तरिक तयारीसँगै चाडवाडसँग सम्बन्धित सामाजिक क्रियाकलाप र शुभकामना आदनप्रदान गर्ने ।
(घ) शिशिर अभियान (पुस–माघ–फागुन) वार्षिक पार्टी कामको आन्तरिक तयारी, हिमपात, शितलहरबाट बच्ने सचेतना जगाउने र न्यानो कपडा बाँड्ने सामाजिक सेवा जस्ता काम गर्ने ।
(ङ) पार्टी कार्यकर्ता र नेताहरु संगठक मात्र नभएर निरन्तर विचार निर्माणको लागि अनुसन्धानकर्ताका रुपमा पनि विकास गराउनुपर्छ ।
(च) पार्टीको आमनीति सापेक्षित कार्यक्रम अन्तर्गत वडा स्तरसम्मको कमिटीलाई नीतिको आधारमा कार्यक्रम बनाउन स्वतन्त्रता प्रदान गर्ने । यसरी पार्टी कामलाई व्यवस्थित गर्दा एकातिर वर्षदिनको कार्यक्रम अगाडि नै निर्धारित हुन्छ र “माथि” बाट के आउँछ भनेर तल्लो कमिटीले बाटो हेरिरहनु पर्दैन । अर्कोतिर, कार्यक्रम बनाउने अधिकार दिँदा रचनात्मक प्रतिस्पर्धा हुन्छ र नयाँनयाँ सिर्जनाको जन्म हुन्छ । स्वयम् कमिटी र कमिटीका नेता हर समय नयाँ नयाँ विषय सोच्नु बाध्य हुन्छ । परिणामको आधारमा दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्छ ।
(छ) सार्वजनिक संस्था र स्थलहरुको सुधार गर्ने जिम्मेवारी लिएर फिल्डमा जाऔं । स्थानीय पार्टी परिचालन गरेर
(विद्यालय, स्वास्थ्य चौकी र हाटबजार आदी)मा जनताले प्रत्यक्ष अनुभुति गर्नेगरी व्यापक सुधार ल्याऔं । हाम्रा काम देखेर मानिसहरु आफै पार्टीप्रति आकर्षित होऊन् । अब सदस्यता जबरजस्ती दिने होइन, आफै सदस्यता लिन आउनेखालको पार्टी बनाऔं ।
२२ भदौ २०८१,
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच