
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई दुर्घटना जाँचबुझका लागि छुट्टै संस्था स्थापना गर्ने घोषणा गर्नुभएको छ ।
नेपालमा हवाई दुर्घटनापछि गठित छानविन समितिको विश्वसनीयतामाथि प्रश्न उठाउने काम भईरहेका बेला मन्त्री पाण्डेले सो कुरा बताउनुभएको हो । उहाँले त्यसका लागि आवश्यक ऐन बनाउनका लागि सरकारले गृहकार्य गरिरहेको पनि बताउनु भयो ।
आईतवार भक्तपुरमा आयोजित ‘नेपालमा हवाई सुरक्षा’ सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले हवाई दुर्घटना छानविनको लागि जाँचबुझ गर्ने छुट्टै निकाय बनाउने अभ्यास अन्य देशहरुमा पनि भएकाले सरकारले पनि त्यसलाई बनाउने तयारी गरेको स्पष्ट पार्नुभयो । उहाँले हवाई सुरक्षालाई ध्यानमा राखेर सरकारले गैर सैनिक हवाई ऐनलाई परिमार्जन गर्ने कामलाई पनि अघि बढाएको बताउनु भयो ।
मन्त्री पाण्डेले भन्नुभयो, ‘गैरसैनिक हवाई ऐन त्यो पनि निकै पुरानो रहेको छ । र हामी हामी समसामयिक परिमार्जन गर्नेगरी मन्त्रालयले आफ्नो काम गरिरहेको अवस्था छ । सँगैमा अर्को ऐन पनि दुर्घटना हुन्छ । दुर्घटनापछि जाँचबुझका लागि समितिहरु बन्छन । त्यो समितिले कामहरु त गर्दछन् । तर त्यसको निरन्तरता, त्यसको अविछिन्न उत्तराधिकार बोक्ने संस्था हुँदैन । र जाँचबुझ हुने सन्दर्भमा प्रोफेसनालिज्म पनि रहँदैन भनेर अरु देशमा पनि भएको प्राक्टिस जाँचबुझका लागि एउटा स्थायी प्रकृतिको संस्था चाहिन्छ, संरचना चाहिन्छ भनेर त्यसका निम्ति पनि अलग ऐनको आवश्यक्ता परेको छ भन्ने हामीलाई लागेरै त्यसको ड्राफ्ट पनि बनाउने क्रममा छौँ हामी । त्यो पनि होमवर्क भइरहेको छ । म त्यो पनि जानकारी गराउन चाहन्छु । ’
मन्त्री पाण्डेले सरकारले हवाई दुर्घटनामा परेकाहरुलाई विमाको दायरामा ल्याउने नीतिगत व्यवस्था पनि गर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच