
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बालुवाटारमा भएको आजको भेटवार्तामा प्रभावकारी सरकार सञ्चालनका बारेमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री ओलीले केन्द्रदेखि प्रदेशसम्मका सरकार सञ्चालनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न सभापति देउवालाई बालुवाटार बोलाउनु भएको हो ।
बालुवाटार स्रोतका अनुसार सत्ता गठबन्धनको सहयात्री दलसँग नियमित भेटघाटकै क्रममा प्रधानमन्त्रीले देउवासँग आइतबार छलफल गर्नुभयाे ।
त्यस्तै, सरकारमा सहभागी मन्त्रीहरुको कार्य सम्पादनबारेमा पनि छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका देउवाबीच समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच