
बर्लिन । युइएफए नेसन्स लिगअन्तर्गत इटालीले फ्रान्सलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा फ्रान्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै इटाली विजयी भएको हो । इटालीको जितमा फेडेरिको डिमार्को, डेभिड फ्राटेसी र गियाकोमो रास्पाडोरीले एक-एक गोल गर्नुभएको थियो । फ्रान्सका लागि ब्राडली बार्कोलाले एक गोल गर्नुभयो ।
खेलको पहिलो मिनेटमै फ्रान्स बार्कोलाले गोल गर्दै टोलीलाई सुरुवात अग्रता दिलाउनुभएको थियो । तर, आफ्नो अग्रता जोगाउन नसक्दा फ्रान्स इटालीसँग स्तब्ध बन्नु प¥यो । खेलको ३०औं मिनेटमा इटालीका डिमार्कोले खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभउको थियो ।
त्यसपछि ५० मिनेटमा डेभिड र ७४औं मिनेटमा गियाकोमोले गोल गर्दै इटालीलाई जित दिलाउनुभयो । अब फ्रान्सले अर्को खेल सेप्टेम्बर १० मा बेल्जियमसँग खेल्नेछ भने इटालीले सेप्टेम्बर १० मै इजरायलसँग खेल्नेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच