मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

मन्जिता मैनाली मकवानपुर, संवाददाता
Read Time = 2 mins

हेटौंडा । हेटौंडा-१७ कठायत चोकस्थित धरान चतरा सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार बकैया गाउँपालिका-४ बस्ने ४६ वर्षिय उत्तम गौतम रहेका छन् । मोटरसाइकल चालक ४४ वर्षीय प्रभाव गौतम सामान्य घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौडा बजारबाट ठुलोदमार तर्फ जादै गरेको ना ६४ प २७१० नम्बरको मोटरसाइकल सडकमा कुकुरले बाटो क्रस गर्दै गर्दा उक्त कुकुरलाई बचाउने क्रममा अचानक ब्रेक लगाई आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

मोटरसाइकलमा पछाडी सवार ४६ वर्षिय उत्तम गौतमको नाक र टाउकोमा चोट लागि गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि हेटौडा अस्पताल ल्याइएको थियो ।

थप उपचारको लागि चितवन लगेकोमा आइतबार साझ गम्भिर घाईते रहेका उत्तम गौतमलाई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार सम्भव नहुने भनि फिर्ता गरी चुरेहिल अस्पताल हेटौडा ल्याएकोमा उपचारको क्रममा गयराती २१:२० बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

उनकाे शव सोहि अस्पतालको शव गृहमा रहेको जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?