चितवन । चितवनमा पहिलोपटक कुहिनाको जोर्नी प्रत्यारोपण गरिएको छ । एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरले भरतपुरका ५६ वर्षीय रामसुन्दर जोशीको बायाँ हातको कुहिनोको जोर्नी प्रत्यारोपण गरेको हो ।
अस्पतालले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी काठमाडौं उपत्यका बाहिर पहिलो पटक चितवनमा कुहिनाको जोर्नी प्रत्यारोपण गर्न सफल भएको जनाएको छ । अस्पतालका अध्यक्ष तथा वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा प्रमोद लामिछानेले जोशीको ५० बर्ष अघि देखिएको कुहिनाको समस्या प्रत्यारोपण गरी सामधान गरिएको बताउनुभयो । डा.लामिछाने, अस्पतालका हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. अनिल भट्टराईसहितको टोलीले जोर्नी प्रत्यारोपण गरेको हो ।
केही महिनाअघि काठमाडौँको बि.एण्ड. बि अस्पतालमा पहिलोपटक कुहिनाको जोर्नी प्रत्यारोपण भएको थियो । हामीले नेपालमै दोस्रो र काठमाण्डौँ बाहिर पहिलोपटक प्रत्यारोपण गर्न सफल भएका छौँ अस्पतालका अध्यक्ष लामिछानेले भन्नुभयो भदौ १६ गते सफलता पूर्वक प्रत्यारोपण गरिएको हो ।
जोर्नीप्रत्यारोपणका लागि भारतबाट एक जना प्राविधिक आउनुभएको थियो । कुहिनाको कृतिम जोर्नीलाई साढे तीन लाखको हाराहारीमा पर्छ । शल्यक्रिया र अस्पतालको शुल्क गरेर पाँच लाख हाराहारीमा कुहिनाको जोर्नी प्रत्यारोपण गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
विगत १३ वर्षदेखि हाडजोर्नीको उपचारलाई केन्द्रमा राखेर सञ्चालनमा आएको अस्पतालले हालसम्म गरेको जोर्नी प्रत्यारोपणको अनुभवको आधारमा कुहिनाको जोर्नी प्रत्यारोपण गरिएको डा. भट्टराईले जानकारी दिनुभयो । कुहिनाको जोर्नी प्रत्यारोपण गर्नुपर्ने बिरामीको संख्या ज्यादै न्युन रहेको भन्दै उहाँले चितवनमै पहिलो पटक जोशीको कुहिनाको जोर्नी प्रत्यारोपणमा सफलता हासिल भएको बताउनुभयो । नेपालमा यसको उपचार सबै ठाउँमा सम्भव छैन् उहाँले भन्नुभयो घुँडा र कम्मरको जोर्नी प्रत्यारोपणको तुलनामा कुहिनाको जोर्नी प्रत्यारोपण गर्नुपर्ने बिरामी कम छन् ।
एलाइभले आगामी दिनमा यस्तै खालको समस्या समाधान गर्न सक्ने भन्दै उहाँले अबदेखि हामी कुहिनाको जोर्नी प्रत्यारोपणमा सहजता भएको बताउनुभयो । जोर्नी प्रत्यारोपण गरेका जोशीले लामो समय देखिको कुहिनाको रोग निको हुँदा खुसी लागेको बताउनुभयो । ‘उपचार हुँदैन भन्ने लागेको थियो’ उहाँले भन्नुभयो ‘डाक्टर साबहरु मेरो भगवान भएर अगाडि आउनुभयो ।’ जन्मेको छ बर्षमा कुहिनामा चोट लागेर जखमी भएका जोशीको करिब ५० वर्षपछि उपचार सम्भव भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच