
काठमाडौं । चलचित्र ‘के घर के डेराः घर नम्बर २’को छायांकन सकिएको छ । निर्माणपक्षले काठमाडौं र ललितपुरमा यो चलचित्रलाई २५ लगाएको छायांकन सम्पन्न गरेको हो । प्राविधिक, कलाकारहरूको सहयोगमा चलचित्रको छायांकन २५ दिनमै प्याकअप भएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिनुभयो ।
चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, सिर्जना नापित, संजोग रसाइली, रुविना घिमिरेलगायत कलाकारको अभिनय छ । युवराज कार्की कार्यकारी निर्माता रहेको चलचित्रले माघको ११ गतेबाट सिनेमाघरमा आउने मिति तय गरेको छ ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको व्यानरमा निर्माण भएको चलचित्रमा शरद श्रेष्ठ, किरण मजर्हन र राजीव श्रेष्ठको लगानी छ । वुद्धि सागरले लेखेको कथालाई कृष्णबहादुर थापाले छायांकन गर्नुभएको हो । चलचित्रलाई काठमाडौंमा ऋच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच