काठमाडौं । नेपाल बैंकर्स संघ (एनबिए) ले इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी) सँगको सहकार्य तथा दक्षिण कोरियाको अर्थ तथा वित्त मन्त्रालयको सहयोगमा सातवटै प्रदेशमा डिजिटल फाइनान्सियल सर्भिसेस (डिएफएस) कार्यक्रम आयोजना गरेको छ । डिजिटल माध्यमबाट वित्तीय कारोबारको प्रयोग तीव्र गतिमा बढ्दै गरेको सन्दर्भमा बैंकका कर्मचारीको डिजिटल वित्तीय साक्षरता बढाउने उद्देश्यले आयोजित तालिम कार्यक्रममा वाणिज्य बैंकका चार सयभन्दा बढी बैंकिङ अधिकारीको सहभागिता थियो ।
कार्यक्रम डिजिटल वित्तीय सेवाहरूको बुझाइमा थप विकास गर्ने, ग्राहकलाई उत्कृष्ट डिजिटल वित्तीय सेवा प्रदान गर्नेे, ग्राहकको चेतनास्तर अभिवृद्धि गर्ने, डिजिटल माध्यमबाट वित्तीय समावेशीकरणलाई प्रोत्साहन गर्नेलगायतका विषयमा केन्द्रित थियो । कार्यक्रमले डिजिटल भुक्तानी प्रणाली, भुक्तानी उपकरण, सीमापार डिजिटल कारोबार, बढ्दो साइबर ठगी र सोसँग सम्बन्धित बढ्दो चुनौतीलगायत प्रमुख विषय समेटेको थियो । त्यसैगरी सहभागीहरूलाई बैंकिङ क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग, त्यसका फाइदालगायत डिजिटल वित्तीय सेवाका पछिल्ला घटनाक्रमको व्यावहारिक पक्षबारेमा जानकारी गराउँदै साइबर सुरक्षा कसरी बढाउन सकिन्छ भन्ने विषयमा पनि जानकारी गराइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच