पोखरा । चलचित्र ‘खुश्मा’ असोज पहिलो हप्तादेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउँदै छ । चलचित्रका निर्देशक अशोक थापामगरका अनुसार चलचित्र निर्माणमा निकै मेहनत गरिएको छ । वृत्तचित्र निर्माण गर्दै आएका थापाको यो पहिलो कथानक चलचित्र हो ।
चलचित्र प्रवद्र्धनको युनिट पोखरा आइपुगेको छ । चलचित्रमा मुख्य भूमिकामा रहेका उपसनासिंह ठकुरी र धीरज मगरले चलचित्रबाट आफूहरू निकै आशावादी रहेको बताउनुभयो । पुनमगरको उद्गमथलो रुकुमको मैकोटमा फिल्मका अधिकांश दृश्य खिचिएको छ ।
चलचित्रमा द्वन्द्वकालको प्रेमकथालाई पस्किएको निर्माण पक्षले जनाएको छ । रुकुमकै तकसेरा, माथिल्लो मनाङ, पोखरा र काठमाडौंमा झण्डै ४५ दिन लगाएर चलचित्र खिचिएको जनाइएको छ । चलचित्रमा माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापामगरलगायत कलाकारको अभिनय रहेको छ ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन निर्देशक थापाको हो । चलचित्रको ‘रुकुम मैकोट’ बोलको गीत युट्युबको म्युजिकतर्फ ट्रेण्डिङ नम्बर एकमा छ । यसअघि नै सार्वजनिक गीत ‘खुसीका फूलहरू’ टिकटकमा निकै रुचाइएको छ ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच