अर्थतन्त्रमा सुधारका लागि जस्तोसुकै कठोर निर्णय लिन तयार छु : अर्थमन्त्री डा. महत

Read Time = 6 mins

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लागेर समाधान गर्ने बताउनुभएको छ ।

शुक्रवार पद तथा गोपनियताको शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री महतले वर्तमान अर्थतन्त्र समस्यामा रहेको भन्दै सम्पूर्ण राज्य संयन्त्र लागेर सुधार गर्ने बताउनुभएको हो । उहाँले मुलुकको अर्थतन्त्र विभिन्न असरको कारण संकटमा रहेको भन्दै समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने दाबी गर्नुभयो ।

उहाँले सरकारको साधारण खर्च कटौति गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने बताउनु भयो । अर्थमन्त्री महतले सरकारले खर्च गर्न सक्ने क्षमता बढाएर लगानी बढाउँदै राजश्वको दायरा बढाउने उल्लेख गर्नुभयो । उहाँले राजश्व र कर संकलनका लागि सरकारले करकाप नगर्ने बताउनु भयो । उहाँले अर्थतन्त्रलाई आन्तरिक रुपमा चलायमान बनाउनको लागि मन्त्रालयले सक्रियता देखाउनुपर्ने आवश्यकता ठानेको बताउनु भयो ।

उहाँले लघुवित्त र सहकारीहरुमा समस्यामा रहेको भन्दै राष्ट्र बैंकसँग समन्वय गरी सहकार्य गरेर समस्या समाधान गर्ने बताउनु भयो । अर्थमन्त्री महतले जनतामा छाएको निराशालाई आशामा बल्दै सकारात्मक सोचका साथ लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । उहाँले महतले संकटमा रहेको अर्थतन्त्रमा सुधार गर्न आफू जस्तोसुकै कठोर निर्णय गर्न पछि नपर्ने बताउनु भयो । उहाँले पुँजीगत खर्च बढ्न नसकेको र बजारमा माग घटेको भन्दै चिन्ता व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो,‘अहिले नेपालको अर्थतन्त्र संकटमा छ । अर्थतन्त्रलाई सवल बनाउने खालका निर्णय सरकारले लिन्छ । मेरो सम्पूर्ण कोशिष अर्थतन्त्रमा देखिएको सुस्तता छ । त्यसलाई मन्दीमा जान नदिने सुनिश्चिता गर्न आवश्यक छ । राजश्व आपूर्ति सन्तोषजनक छैन । सरकारको साधरण खर्च धेरै छ । यसमा निर्मम हुनैपर्छ । हामी अनिवार्य बाहेकका खर्च कटौति गर्नेछौं । राजश्व भन्दा बढी छ । सरकारले पुँजीगत खर्च राम्रोसँग गर्न सकेको छैन । समग्रमा अर्थतन्त्रमा एग्रिगेट मागको अवस्था कमजोर भएको छ । अर्थमन्त्रीको रूपमा मैले अर्थतन्त्र थप खराब हुनबाट रोक्नेगरि निर्णय गर्नेछु । अनावश्यक रूपमा करको दर बढाउनेभन्दा पनि करको दायरा बढाउने बाटोमा सरकार लाग्नेछ अर्थतन्त्रलाई आन्तरिक रुपमा चलायमान बनाउनको लागि जुन सक्रियता देखाउनुपर्नेछ त्यसमा मन्त्रालय बढी सम्बेदनशिल हुन आवश्यक ठानेको छु । राजश्वको जुन परिवेश छ । ठूला लगानीकर्ताहरु पनि समस्यामा छन् । लघुवित्त र सहकारीहरु पनि समस्यामा रहेका छन् । यसमा राष्ट्र बैंकको पनि अहम भूमिका छ । अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग समन्वय गरी सहकार्य गरेर काम गर्न जरुरी छ । जनतामा निराशा छ त्यो निराशालाई आशामा बदल्नुपर्छ । सकारात्मक सोचका साथ लगानी गर्दा हुन्छ । रेट अफ रिटनमा समस्या छ । बैंकको ब्याजदर बढेको छ । शेयर बजारमा समस्या छ । निजी क्षेत्रको आत्मविश्वास बढाउन लाग्छु । त्यसको लागि सम्पूर्ण राज्य संयन्त्र र अर्थमन्त्रालय अत्यन्त सक्रिय साथ कतव्र्यनिष्ट भएर काम गर्छौं । हाम्रो पहिलो प्राथमिकता समग्र राज्य एकाकार भएर साधरण खर्च बढी छ । आर्थिक रुपमा समस्यामा रहेको छ । सबै चिज गर्छु भनेर सकिँदैन । प्राथमिकताका आधारमा गर्नुपर्छ । जुन तत्काल गर्नुपर्छ त्यसलाई हेरेर काम गर्ने छौं । हामीले प्राथमिकतामा नराखि साधरण खर्च गरिरहेका छौं ।’

अर्थमन्त्री डा. महतले पहिलो निर्णयका रुपमा नगद प्रवाहसम्बन्धी समति गठनसम्बन्धी फाइलमा हस्ताक्षर गर्नुभएको छ । उहाँले सरकारको नगद प्रावाह अनुसार हरेक महिना कति आम्दानी भयो ? कति खर्च भयो ? त्यसको स्टेटमेन्ट तयार गर्नुपर्ने बताउनु भयो । उहाँले यसमै आधारित रहेर समिति गठन गर्ने निर्णय गर्नुभयो

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?