
काठमाडौं । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत प्रहरी हवल्दार डुकबहादुर खड्का क्षेत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रवक्ता नरहरि घिमिरेका अनुसार उनीमाथि अवैधरूपमा घरायसी सामान ल्याउन सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको आरोप छ ।
भारतबाट रुपन्देहीको भगवानपुर नाका हुँदै घरायसी सामान ल्याउन सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनी पक्राउ परेका थिए ।
अनुसन्धानको सिलसिलामा उक्त रकम घुस लिएको पुष्टि भएपछि बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच