काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जापानको एशियन गेमलाई लक्षित गरी तयारी गर्न खेलाडीहरुलाई आग्रह गर्नुभएको छ ।
बुधवार राष्ट्रिय खेलकुद परिषद्को ६१ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले ओलम्पिक, साउथ एशियन गेमलाई लक्षित गरी तयारी गर्न आग्रह गर्नुभयो ।
उहाँले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले नेपालसँग खेलकुदका लागि पर्याप्त श्रोत साधन नभएपनि निरन्तरको अभ्यास र मेहनतले एकदिन अवश्य सफलता हाँसिल गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सक्दो बजेट खेलकुदका निम्ति छुट्याउने कोशिस गरेको पनि उल्लेख गर्नुभयो । उहाँले आफू यसअघि प्रधानमन्त्री हुँदा भूकम्पबाट दशरथ रंगशालासहित विभिन्न रंगशालाहरु भत्किएको र तत्काल निर्माण गरी १३ औं साग सञ्चालन गरेको स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीसँग पर्याप्त साधन श्रोत छैन । सुविधा छैन । सरकार पनि अफ्ठ्यारो स्थितिमा छ । तै पनि हामीले सक्दो बजेट खेलकुदका निम्ति छुट्याउने कोशिस गरेका छौँ । म अघिल्लो पल्ट प्रधानमन्त्री हुँदा पनि भुँइचालोले भत्काएर रंगशाला खत्तम थियो । छिटो छिटो बनाउनु थियो । १३ औं सागका लागि जनकपुर, पोखरा रंगशाला र अरु रंगशाला पनि बनयौँ र खेलका लागि विद्यार्थीलाई टे«निङ पनि दियौँ । खेलाडीलाई प्रोत्साहित मात्रै गर्ने हो भने मनोबल उच्च बनाएर भारत सागमा तीन वटा स्वर्ण पदक ल्याएका थियौँ । १३ औं मा पुग्दा ५१ वटा स्वर्ण पदक ल्याएका थियौँ । अब हाम्रो टार्गेट, जापानको एशियन गेम छ । त्यो हुनुपर्छ । ओलम्पिक, साउथ एशियन गेम टार्गेट हुनुपर्छ । हाम्रा खेलाडीहरुले जित्नुहुनेछ, जित्दै जानुहुनेछ ।’
प्रधानमन्त्री ओलीले पछिल्ला समयमा खेल क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा उपलब्धि हासिल गर्न थालेको र पलेसा गोवद्र्धनले पारा ओलम्पिकमा कास्य पदक जित्नु एक कोशेढुङ्गा सावित भएको बताउनु भयो । कुनैपनि खेलमा प्रतियोगिताको अन्तिम समयसम्म जितिन्छ भन्ने दह्रो आत्मबल बनाएर आँटका साथ खेले जित हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले खेल क्षेत्रका संस्थाहरु लोकतान्त्रिकरुपमा चलाइनुपर्नेमा जोड दिँदै विधागत विकास र उन्नतिको साटो आफ्नो स्वार्थका लागि कब्जा जमाइ राख्ने प्रवृत्ति उचित नहुने बताउनु भयो । कार्यक्रममा प्रधानमन्त्री ओलीबाट विभिन्न खेलमा यो वर्ष उत्कृष्ठता हासिल गर्ने खेलाडीहरुलाई सम्मान वितरण गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच