काठमाडौं । भारतीय राष्ट्रिय टिमकी मिडल ब्लकर सूर्या एसले चितवन शक्तिबाट एभरेष्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) खेल्ने हुनुभएको छ । बुधबार चितवन शक्तिले दोस्रो विदेशी खेलाडीका रूपमा भारतीय खेलाडी सूर्यालाई अनुबन्ध गरेको घोषणा गरेको हो । लिगका लागि चितवनले यसअघि पहिलो विदेशी खेलाडीका रूपमा अजरबैजानकी अपोजिट हिटर केन्सिया पावेल्निकोलाई अनुबन्ध गरेको थियो ।
सूर्याको उत्कृष्ट प्रदर्शनप्रेरित भारतले गत महिना घरेलु टोली नेपाललाई ३-२ को सेटमा पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगको उपाधि जितेको थियो । यसैगरी सूर्यासँग बुटवलको एभरेस्ट भलिबल क्लबबाट एनभिए क्लब च्याम्पियनसिप र लिग खेलको अनुभव छ ।
सूर्याको उत्कृष्ट प्रदर्शनमा एभरेस्टले क्लब च्याम्पियनसिपको उपाधि जित्दा लिगमा फाइनलसम्मको यात्रा तय गरेको थियो । उहाँ च्याम्पियनसिपमा उत्कृष्ट स्पाइकर र लिगमा उत्कृष्ट ब्लकर चुनिनुभएको थियो ।
यससँगै चितवनले विदेशी कोटा पूरा गरेको छ । यसअघि क्लबले अजरबैजानकी केसेनिया पावलेन्को र भारतकी केपी अनुश्रीसँग सम्झौता गरेको थियो । निम्बुस ग्रुपको स्वामित्वमा रहेको चितवनको मार्की खेलाडीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही हुनुहुन्छ । यसैगरी चितवनले मुख्य प्रशिक्षकको जिम्मेवारी अर्जुन घिमिरेलाई दिएको छ ।
प्रतियोगिता असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहासमै पहिलोपटक हुन लागेको प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउनेछन् ।
प्रतियोगितामा मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र टिम कर्णालीले सहभागिता जनाउनेछन् । अब चितवनले ट्यालेन्ट हन्टबाट एक खेलाडी अनुबन्ध गर्न बाँकी छ ।
योसँगै चितवनको टिममा अरुणा शाही, सलिना बुढामगर, जेनिशा विश्वकर्मा, एन्जिला प्रधान, सुनिता खड्का, भावना डांगी, वाल्मिका आचार्य, सरस्वती कट्टेल, केसेनिया पावलेन्को, केपी अनुश्री र सूर्या एस रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच