
काठमाडौं । एभरेडी इण्डष्ट्रिज इण्डियाको उत्पादन अल्टिमा अल्कालाइन ब्याट्री र डिएल १०२ साइरन टर्च नेपाली बजारमा आएको छ । उल्लेखित उत्पादनहरूले एभरेडीको उत्कृष्टता, अनुसन्धान र सामाजिक प्रभावप्रतिको प्रतिबद्धतालाई दर्शाएको कम्पनीले उल्लेख गरेको छ ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् कम्पनीले आफ्ना नयाँ उत्पादन सार्वजनिक गरेको हो । एभरेडीले आफ्नो अद्भूत ‘खेलिन्छ त सिकिन्छ’ भन्ने अभियानमार्फत् बालबालिकाले मज्जाभन्दा पनि बाहिर मित्रता, साझेदारी र करुणा जस्ता आवश्यक जीवनोपयोगी सीपलाई बढावा दिन्छ भनेर प्रकाश पार्न अल्टिमा अल्कालाइन ब्याट्रीहरू प्रस्तुत गरिएको कम्पनीको भनाइ छ ।
आविष्कारप्रतिको एभरेडीको प्रतिबद्धतास्वरूप नयाँ अल्टिमा शृंखलाले चार सय गुणा बढी कार्यक्षमता प्रदान गर्ने ब्याट्रीहरूले आठ सय प्रतिशत लामो कार्यसम्पादन दिने कम्पनीको दाबी छ । साथै एभरेडी डिएल १०२ साइरन टर्चलाई ब्राण्डको आवाज उठाउने शक्ति अभियानका साथ प्रस्तुत गरिएको बताइएको छ । जसमा एक सय डेसिबल एसओएस अलार्म, युएसबी टाइप-बिको चार्जिङ र विभिन्न थरीका प्रकाश फ्याँक्ने विशेषताहरू रहेका छन् ।
पत्रकार सम्मेलनमा कम्पनीका एसवियु प्रमुख(ब्याट्रिज एण्ड फ्ल्यास लाइट) तथा वरिष्ठ उपाध्यक्ष अनिर्वान वेनर्जीले भन्नुभयो, ‘नेपालमा यी उत्पादनको बिक्री सुरु हुनुले नेपाली बजारलाई नवीन खोज, धेरै समय चल्ने शक्ति प्रवद्र्धन गर्ने अत्याधुनिक समाधान र सुरक्षासाथ सेवा प्रदान गर्ने एभरेडीको रणनीति विस्तार प्रतिबद्धता झल्काउँछ । हाम्रो अल्टिमा अल्कालाइन ब्याट्रीहरूमा चार सयदेखि आठ सय प्रतिशतसम्मको दीर्घ जीवन छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच