
काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रमुख सचेतक हितराज पाण्डेले जनयुद्धलाई अपमानित गर्ने शब्द फिर्ता नभएसम्म सदनको अवरोधलाई जारी राख्ने निर्णय भएको बताउनु भएको छ ।
आज बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो “हामीले संसद अवरोध गरिरहेका छौं। माओवादीबाट सञ्चालित दश बर्षे सशस्त्र जनयुद्ध थियो। हामीले यो कुरालाई शान्ति प्रक्रियामा उल्लेख गरेर अगाडि बढिरहेका छौं। हामीले संविधानमा सबै कुरालाई समावेश गरेका छौं। जनयुद्धलाई अपमानित गर्ने हिसाबले एमालेका सांसद योगेश भट्टराईले दिनुभयो। हामीले त्यतिबेलामा पनि प्रतिवाद गरेका थियो।’
सभामुखको रुलिङ हिंसा शब्दलाई मात्रै केन्द्रित गरेर आएको र जनयुद्ध, जनमुक्ति सेनालाई अपमान गरेको उहाँको भनाइ छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच