पोर्चुगलमा एक नेपाली युवाको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

लिस्बन । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको यहाँ मृत्यु भएको छ । विगत छ वर्षदेखि पोर्चुगलमा बस्दै आएका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका-१, शङ्करनगरका ३७ वर्षीय कपिल सिन्धौलीको हृदयाघातका कारण मृत्यु भएको हो ।

सिन्धौलीको बिहीबार पेगोईसस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा उहाँको मृत्यु भएको मृतकका भाइ सुरज सिन्धौलीले जानकारी दिनुभयो । सँगै सुतेका साथीले बिहान काममा जाने बेलामा उठाउन जाँदा नउठेपछि आफूलाई खबर आएको र तत्काल दाजुको कोठामा पूग्दा दाजु मृत अवस्थामा भेटिएको उहाँले बताउनुभयो । मृतक सिन्धौली पेगोईसस्थित एक कृषि कम्पनीमा कार्यरत हुनुहुन्थ्यो ।

सिन्धौलीको वृद्ध बुबाआमा, श्रीमती, एक छोरा र एक छोरी नेपालमा हुनुहुन्छ । उहाँको शव बराईरो अस्पतालको शव गृहमा राखिएको छ । परिवारको आग्रहमा सिन्धौलीको शव नेपाल पठाउने तयारी भइरहेको र सो प्रक्रियाका लागि आर्थिक सङ्कलन सुरु गरिएको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रवीन अधिकारीले जानकारी दिनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?