काठमाडौं । पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष उत्कृष्ट पुरूष खेलाडी अवार्ड राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले जित्नुभएको छ । फुटबलका अनन्त तामाङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङलाई पछि पार्दै रोहितले अवार्ड चुम्नुभएको हो । आईसिसी विश्वकप लिग२ को लागि रोहित क्यनडामा रहेकाले उहाँका आमा र दाजुले अवार्ड लिनुभएको थियो ।
नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार काठमाडौंमा एक समारोह आयोजना गरी खेलाडीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।
तेक्वान्दोकी पाराओलम्पिक पदक विजेता पलेशा गोवद्र्धन श्रेष्ठले उत्कृष्ट पारा एथलिट अवार्ड पाउनुभएको छ । नेपाली महिला कबड्डी टोली यो वर्षको उत्कृष्ट टोली घोषित भएको छ । त्यस्तै, भारोत्तोलनका हेमन्त पाल यो वर्षको उत्कृष्ट युवा खेलाडीकारुपमा पुरस्कृत हुनुभएको छ ।
कुन-कुन खेलाडीले पाए पल्सर स्पोर्ट्स अवार्ड ?
तेक्वान्दोकी पलेशा गोवद्र्धन श्रेष्ठ : उत्कृष्ट पारा एथलिट अवार्ड ।
नेपाली महिला कबड्डी : वर्षको उत्कृष्ट टोली ।
भारोत्तोलनका हेमन्त पाल : वर्षको उत्कृष्ट युवा खेलाडी ।
करातेकी एरिका गुरुङ : वर्षको उत्कृष्ट महिला खेलाडी ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल : वर्षको उत्कृष्ट पुरुष खेलाडी ।
प्रशिक्षक कुशल श्रेष्ठ : वर्ष २०८० को सर्वोत्कृष्ट प्रशिक्षक ।
न्यु डायमण्ड क्लबका स्वयंसेवक प्रशिक्षक कुमार राई : स्पेशल अवार्ड ।
नेपाली महिला राष्ट्रिय भलिबल टिमकी मिड ब्लकर कविता भट्ट : पिपल्स च्वाइस अवार्ड ।
दक्षिण कोरियाका हि डोङ जोङ : एशियन स्पोर्टस् जर्नालिस्टको अवार्ड ।
क्रिकेटका सारथि विनयराज पाण्डे : लाइफटाइम एचिभमेन्ट अवार्ड ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच