काठमाडौं । नेपालका सिएम विवेक थिङले ओलम्पिक रिङ एक्स्पो क्लासिक बुद्धिचाल प्रतियोगितामा आफ्नो व्यक्तिगत रेटिङ १९.४ बढाएर २३०१.४ रेटिङ पुर्याउँदै पर्फेमेन्सका आधारमा नेपालकै पहिलो फिडे मास्टरको टाइटल प्राप्त गर्नुभएको छ ।
हंगेरी चेस फेडेरेसनको आयोजनामा बुढापेष्टमा जारी ओलम्पिक रिङ एक्स्पो क्लासिक बुद्धिचाल स्पर्धामा नेपालका क्याण्डिडेट मास्टर विवेकले एकल अग्रतासमेत कायम गर्नुभएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा रेटिङ २२८२ प्राप्त सिएम विवेकले चौथो चरणको खेलमा दोस्रो वरीयताका २२७८ रेटेड हंगेरीका अन्तर्राष्ट्रिय मास्टर टर्जु अटिलालाई पराजित गर्नुभएको हो ।
अन्तर्राष्ट्रिय खुला रेटिङ बुद्धिचाल प्रतियोगितामा नेपालका उच्च रेटेड खेलाडी सिएम विवेक शीर्ष वरीयतामा रहनुभएको छ । विश्वका ११ राष्ट्र सहभागी प्रतियोगितामा चौथो चरणसम्म २६ अन्तर्राष्ट्रिय खेलाडीहरू प्रतिस्पर्धामा छन् ।
विवेकले पहिलो चरणमा जर्मनका हाहन निक्लासलाई, दोस्रो चरणमा हंगेरीका बाकी बेन्स र तेस्रो चरणमा हंगेरीकै २११९ रेटेड अन्तर्राष्ट्रिय मास्टर मेस्जारोस आन्द्रासलाई हराउनुभएको थियो । चार चरणको खेलसँगै विवेकले शतप्रतिशत जित निकाल्दै चार अंक बनाउनुभएको छ ।
दोस्रो स्थानमा रहनुभएका इटालीका २०७० रेटेड ला बार्बेरा मानफ्रेडिको ३.५ अंक छ । अब विवेकले मानफ्रेडिसँग पाँचौँ चरणमा प्रतिस्पर्धा गर्नुहुनेछ । नवौँ चरणसम्म चल्ने यस प्रतियोगिताको विजेताले तीन सय ७५ युरो, उपविजेताले तीन सय युरो र तेस्रो हुनेले दुई सय ५० युरो पुरस्कार पाउनेछन् ।
अस्ट्रेलियामा बस्दै आउनुभएका विवेक ओलम्पियाडमा भाग लिन उतैबाट हंगेरी पुग्नुभएको हो । हंगेरीले भिसा नदिएका कारण नेपालका अन्य खेलाडीले ओलम्पियाडमा भाग लिन पाएनन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच