काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो (आइटिएफ) महासंघको २७औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच प्रवीणकुमार कार्कीको अध्यक्षतामा आइटिएफ महासंघको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सदस्य डा. शशांक कोइरालाले उक्त साधारणसभाको उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा कोइरालाले देशले सफलता पाउन तीनै तहका सरकारले खेलकुद क्षेत्रलाई सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका पूर्वअध्यक्ष एवं एसिया आइटिएफका कार्यकारी सदस्य अञ्जन धमला, नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्स कमिटी (एनएमजिसी) का महासचिव रूपसिं मोक्तान र नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि देवेन्द्र घर्तीमगरलगायतको आतिथ्यता रहेको थियो ।
बन्दसत्रमा अध्यक्ष प्रवीणकुमार कार्कीको वार्षिक तथा सांगठनिक प्रतिवेदन पास भएको थियो । साधारणसभाले महासंघका कोषाध्यक्ष विक्रम बाठामगरको आर्थिक प्रतिवेदन पनि सर्वसम्मत पास गर्यो । कार्यक्रममा महासचिव घमबहादुर थापामगरले आगामी वर्षको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा १९ जिल्ला र प्रदेश गरी कुल ९१ जना प्रतिनिधि सहभागी थिए । सो अवसरमा महासंघले यसै वर्ष अन्तर्राष्ट्रिय अम्पायर कोर्ष आयोजना र देशका विभिन्न ठाउँमा समयानुकूल राष्ट्रिय प्रतियोगिता गर्नेलगायत विभिन्न कार्यक्रमसमेत प्रस्तुत गरेको थियो ।
महासंघका अध्यक्ष कार्कीले नेपाललाई विश्वमाझ पहिचान दिलाउन सबैभन्दा उत्तम माध्यम खेलकुद रहेको उल्लेख गर्दै राज्यले खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो । विश्वलाई नै एकै ठाउँमा उभ्याउन खेलबाहेक कुनै क्षेत्रले नसक्ने भन्दै उहाँले खेलकुदका माध्यमबाट देशले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्नुपर्ने धारणा राख्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच