काठमाडौं । चलचित्र ‘मायावी’ पूर्वघोषित मिति कात्तिक १५ गते लक्ष्मीपूजाबाट पछाडि हटेको छ । यो मितिमा नेपाली र विदेशी गरी पाँचवटा चलचित्र पुगेपछि ‘मायावी’को प्रदर्शन मिति सारिएको हो । अब यो चलचित्र आगामी पुस २६ गतेबाट प्रदर्शन गरिने भएको छ ।
‘मायावी’ले प्रदर्शन मिति घोषणा गर्दा कात्तिक १५ मा चलचित्र ‘एक्टर’ र आउने निश्चित थियो । पछि अर्को नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ पनि थपियो । यही मितिमा ‘सिंघम ३’, ‘भूल भूलैया ३’ र ‘कंगुवा’ जस्ता विदेशी चलचित्र पनि नेपाली सिनेमाघरमा आउँदैछन् । जसले गर्दा पर्याप्त हल नपाइने भएपछि ‘मायावी’का निर्माताले सुरक्षित मिति खोजेका हुन् । अब पुष २६ मा यो चलचित्रको भिडन्त ‘कार्साङ्’सँग हुनेछ । तर, चलचित्रका वितरक करण श्रेष्ठले तिहारमा धेरै चलचित्र भएकाले प्रदर्शन मिति सारेको जानकारी गराउनुभयो । ‘तिहारमा धेरै फिल्म भए । बलिउडका ठूला फिल्म पनि आउने भए । तिहारमा एउटामात्र नेपाली फिल्म रिलिज हुनुपर्छ । त्यसले एउटा माहोल बनाउँछ । तीनवटा आउँदा तीनतिर माहौल बन्छ भनेर हामीले मार्ग प्रशस्त गरेका हौं,’ उहाँले भन्नुभयो ।
प्रदर्शन मिति सरेको जानकारी दिँदै निर्देशक भट्टराई भन्नुभएको छ, ‘दुवै चलचित्रलाई शुभकामना । हाम्रो तर्फबाट मार्ग प्रशस्त गरेका छौं । हाम्रो नयाँ चलचित्र नरसिंहाको छायांकन र अन्य विविध कारणले हाम्रो चलचित्र मायावी यहाँबाट पुस २६ मा पुगेका छौं । सम्पूर्ण दर्शक शुभचिन्तकप्रति आभार ।’ ‘मायावी’लाई एप्पल इन्टरटेन्मेन्ट, ऋच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।
दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रको निर्मातामा राज कटुवाल, चन्द्र पन्त र ध्रुव न्यौपाने हुनुहुन्छ । चलचित्रमा प्रशान्त ताम्राकार, सुशील सिटौला, राजाराम पौडेल, करिश्मा श्रेष्ठलगायतको अभिनय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच