चितवन । एभरेष्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को टिम चितवन शक्तिले असोज ७ गते चितवनमा ट्यालेन्ट हन्ट गर्ने भएको छ । चितवन शक्तिले चितवन वडा नम्बर २२ पटहिनी कभर्डहलमा बिहान १० देखि ५ बजेसम्म छनोट कार्यक्रम गर्नेछ ।
छनोटका लागि चितवन शक्तिका प्रमुख प्रशिक्षक अर्जुन घिमिरे र चितवन शक्तिकी मार्की प्लेअर तथा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले निर्णायकको भूमिका खेल्नुहुनेछ । खेलाडीले चितवन शक्तिले गर्न लागेको छनोट कार्यक्रमका लागि दर्ता गर्न चितवनको स्थानीय बासिन्दा हुनुपर्नेछ । कुनै पनि उमेरको हदबन्दी नभएको महिला खेलाडी हुनुपर्नेछ ।
खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नभएको हुनुपर्नेछ । खेलाडीले असोज १४ देखि १९ सम्म चितवन शक्तिको टिममा रही पहिलो संस्करणको वात्सल्य एभरेष्ट महिला भलिबल लिग खेल्ने अवसर प्राप्त गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच