नेपालगञ्ज । धारा नेपालगञ्ज म्याराथनको १०औँ संस्करणलाई उत्सवमय बनाउन ‘दशौँमा दश इभेन्ट’को आजबाट सुरुवात गरिँदैछ । पहिलो दिन नेपालगञ्ज १० किमी रात्री दौड हुँदैछ । यो नेपालमै पहिलोपटक हुन लागेको आयोजकको दाबी छ ।
त्यसैगरी रनिङ संस्कृतिलाई बढावा दिनका लागि असोज ५ गतेदेखि हरेक शनिबार ‘साप्ताहिक रन’ कार्यक्रम हुँदैछ । पहिलो चरणमा नेपालगञ्जको वाटरपार्क, कोहलपुरको १० बिगाहा मैदान र खजुराको शुक्र रंगशलालाई चयन गरिएको छ । यसका लागि रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङलाई प्रमुख जिम्मेवारी दिइएको छ । प्रोत्साहन गर्न १० हप्ता, २५ हप्ता, ५० हप्ता र एक सय हप्तामा पुरस्कृत गरिनेछ । निरन्तर सहभागी भई १०० हप्ता पूरा गर्ने एकजनालाई कुनै अन्तर्राष्ट्रिय दौड कार्यक्रममा सहभागी गराइनेछ ।
बाँके जिल्ला एथलेटिक्स संघले साप्ताहिक दौडमा साझेदारी गर्नेछ । कोहलपुरमा बाँके जिल्ला एथलेटिक्स संघका अध्यक्ष एवं निर्णायक राजेन्द्र शाही, प्रशिक्षक हृदयकृष्ण मास्के र मोहन ओलीलाई जिम्मेवारी दिइएको छ ।
नेपालगञ्जमा चाहना शाह र गगन थापाले संयोजन गर्नुहुनेछ भने खजुरामा डिबी तामाङ, सुमन बस्नेत र चन्द्रबहादुर रानाले साप्ताहिक रनको संयोजन गर्नुहुनेछ । वर्षभरि हरेक शनिबार हुने साप्ताहिक रन कार्यक्रममा बेला-बेलामा उत्प्रेरक व्यक्तित्व(सेलिब्रिटी)लाई समेत उपस्थित गराइनेछ ।
१०औँ धारा नेपालगञ्ज म्याराथनलाई लक्षित गरी खेल संस्कृतिलाई बढावा दिन स्कुल कलेजमा असोज दोस्रो सातादेखि लेक्चर सिरिज सञ्चालन गरिँदैछ । ओलम्पिकको विश्वव्यापी मूल्यमान्यता, शान्ति र एकताका लागि खेलकुदको भूमिकाका बारेमा विद्यार्थीहरूसँग अन्तरक्रिया गरी यो कार्यक्रम अघि बढाइनेछ । यसका लागि युथ ओलम्पिक एम्बेस्डर चाहना शाहलाई संयोजनको जिम्मेवारी दिइएको छ । चाहना नेपालगञ्ज म्याराथनको आउटरिच म्यानेजर हुनुहुन्छ ।
यसैगरी गौघाट ग्रिन रन असोज अन्तिम वा कात्तिक पहिलो साता गर्ने तयारी छ । यसका लागि डिबी तामाङलाई संयोजक तोकिएको छ । मंसिर ५ गते कोहलपुर चौराह र बिपी चोकमा दीप प्रज्वलन हुनेछ ।
मंसिर २१ र २२ मा म्याराथन एक्स्पो सञ्चालन हुनेछ । जहाँ सहभागी खेलाडीले आफ्नो किट्स सहजै लिन पाउने व्यवस्था मिलाइनेछ । विभिन्न उपभोग्य सामग्रीका स्टल रहनेछन् । एक्स्पोका क्रममा पहिलोदेखि नवौँ संस्करणसम्मका उत्कृष्ट फोटो प्रदर्शनी गरिनेछ ।
नेपालगञ्ज कनक्लेव दुईदिने हुनेछ । कनक्लेवका क्रममा पहिलोदेखि १०औँ संस्करणसम्म आइपुग्दा विशेष सहयोग गर्ने व्यक्ति, संघसंस्था तथा नेपाली खेलकुदको विकासमा महत्वपूर्ण योगदान दिएका व्यक्तित्वलाई ‘दशक रत्न सम्मान’ प्रदान गरिनेछ । यसैगरी इभेन्टको १०औँ तथा अन्तिम कार्यक्रमका रूपमा मंसिर २२ गते बिहान धारा नेपालगञ्ज म्याराथनको १०औँ संस्करण गरिनेछ ।
म्याराथनमा सहभागी सम्पूर्णलाई इलेक्ट्रोनिक विव र पदक दिने आयोजकको तयारी छ । म्याराथन क्रियटिभ हृयाण्ड्सको आयोजना एवं क्रियटिभ गञ्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच