प्रस्तावित प्रधानन्यायाधीश राउत र दुई राजदुत उपर सार्वजनिक उजुरी आह्वान

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र दुई देशका प्रश्तावित राजदुत उपर सार्वजनिक उजुरी आह्वान गरेको छ ।

बिहीवार बसेको संसदीय सुनुवाई समितिको बैठकले संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदुत चित्रलेखा यादव र बेल्जियमका लागि प्रश्तावित राजदुत सेवा लम्सालको उपर सार्वजनिक उजुरी आह्वान गर्ने गर्ने निर्णय गरेको हो ।

समिति बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चार माध्यममार्फत उजुरी आह्वान गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तुत पारित भएसँगै उहाँले सूचना सार्वजनिक गर्न समिति सचिवालयलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो - ‘संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १२ बमोजिम प्रश्तावित व्यक्तिका बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रश्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनका लागि सो सम्बन्धी सूचना सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चार माध्यमकामार्फत सार्वजनिक प्रश्ताव गर्दछु । सुनुवाईका लागि समितिमा प्राप्त नाम सर्वसाधारणलाई जानकारी गराउने र प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनका लागि सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चारका माध्यमकामार्फत संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १२ अनुसार सूचना सार्वजनिक गर्न समिति सचिवालयलाई निर्देशन दिन्छु ।

सुनुवाई सम्पन्न भइसकेका प्रस्तावित राजदुतहरुको सम्बन्धमा निर्णय लिनका लागि समितिको बैठक जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?