टेकस्टुडियोको दराज ब्रान्ड डे

Read Time = 2 mins

काठमाडौं । अनलाइन सपिङ दराजले ब्रान्ड डे सिरिजमा नेपालको एक प्रिमियम स्मार्टवाच र एसेसरिज कम्पनी टेकस्टुडियोका साथमा हाइफ्युचर, रिम्याक्स, एक्वाफिट र वीवुसहित जुलाई १९ अर्थात् साउन ३ गते विभिन्न उत्पादनमा विशेष डिल प्रदान गर्दै अर्को ब्रान्ड अनावरण गर्ने भएको छ ।

ब्रान्ड डेमा स्मार्टवाच, स्पिकर, टिडब्लुएस इयरबड, ल्यापटपका सामान र अन्य धेरै ब्रान्डहरू उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार टेकस्टुडियो एक घरेलु नेपाली ब्रान्ड हो, जसले सामाजिक सञ्जालमा यसको रमाइलो समीक्षाले ग्राहकबीच उत्कृष्ट प्रतिष्ठा हासिल गरेको प्रमाणित गरेको छ ।

उच्च गुणस्तरका ब्रान्डको दायरा, त्यो पनि किफायती दरमा ल्याएर टेकस्टुडियो नेपालमा एक अग्रणी स्मार्टवेयर र एसेसरिज कम्पनी साबित हुँदैछ । एक दिनका लागि विशेष छुट, रोमाञ्चक संकलनयोग्य भाउचर र दराजमा मात्र पाइने उत्कृष्ट डिलसहित नयाँ र पुराना ग्राहकका लागि ब्रान्डले अफरमा उत्कृष्ट उत्पादन ल्याएको टेकस्टुडियोका बजार प्रबन्धक रजील शाक्यले बताउनुभएको छ ।

एकदिने ब्रान्ड डेको अवसरमा खरिदकर्ताले दराजमा टेकस्टुडियोको उत्पादनमा ५१ प्रतिशतसम्म छुट, निःशुल्क डेलिभरी, रोमाञ्चक कलेक्टेबल भौचर प्राप्त गर्न सक्ने पनि उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?