![गर्मीमा तरबुजा](https://ehimalayatimes.com/wp-content/uploads/2023/04/Garmima-Tarvhuja.jpg)
काठमाडौं । होण्डाले आफ्ना डिलर नेटवर्कमा कार्यरत टेक्निसियनको सीप र दक्षता अभिवृद्धि गर्ने र बिक्रीपछिको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यसाथ आयोजना गरेको होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ सम्पन्न भएको छ ।
उक्त कन्टेस्टमा एसटिसी वर्कशप टेकुका प्रहृलाद दाहालले प्रथम पुरस्कार प्राप्त गर्नुभएको छ भने ओम सत्य साही अटो सिटी प्रालि इटहरीका गजेन्द्र बुढाथोकीले द्वितीय र एसटिसी वर्कशप कोहलपुरका सन्तोष अर्जेलले तृतीय पुरस्कार प्राप्त गर्नुभएको कम्पनीले जनाएको छ ।
नगद पुरस्कार राशि प्रथम हुनेले ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजार साथै सबै सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष प्रदिप घिमिरे तथा स्याकार ट्रेडिङका विभिन्न डिभिजन प्रमुखको उपस्थितिमा चैत २८ गते होण्डाको ट्रेनिङ सेन्टर ग्वार्को ललितपुरमा कार्यक्रम आयोजना भएको हो ।
कन्टेस्ट अवधिभर होण्डा जापानले उपलब्ध गराएको मार्गनिर्देशनअनुसार टेक्निसियनहरू होण्डा स्ट्याण्डर्ड प्रोसिड्युअरअन्तर्गत रहेर सहभागी भएका थिए ।
नेपालस्थित होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङअन्तर्गत सर्भिस डिभिजनको अगुवाइमा विभिन्न पाँचवटा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरी प्रत्येक क्षेत्रबाट दुई/दुईजना छनोट गरी राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिएको कम्पनीले जनाएको छ । होण्डा बाइक तथा स्कुटर नेपालीमाझ लोकप्रिय बनाउन टेक्निसियनको महत्वपूर्ण भूमिका रहेको भन्दै टेक्निसियनको सीप तथा ज्ञानको उचित प्रयोग गरी आगामी दिनमा नेपाली ग्राहकलाई अझ उच्चस्तरको सेवा पुर्याउन कन्टेस्ट कोशेढुंगा हुने कम्पनीका सर्भिस जेनेरल मेजर सीताराम न्यौपानेले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच