भक्तपुर । सडक डिभिजन भक्तपुरका प्रमुख सि.डि.ई. मेघराज मरासिनीको सरुवा भएको र उहाको सरुवा सडक सुधार आयोजना काठमाडौंमा भएको छ।
दुई वर्षे कार्यकाल सफलतापूर्वक पूरा गर्नु भएका मरासिनी भक्तपुरका सडक विकास र मर्मतसम्भार कार्यमा उच्च सफलता हासिल गर्दै काठमाडौं सरुवा हुनु भएको छ । उहाँको नेतृत्वमा सडक डिभिजन भक्तपुरले ९७ प्रतिशत कार्य प्रगति हासिल गरेको थियो, जुन स्थानीय विकासमा महत्त्वपूर्ण मानिन्छ।
मरासिनीको कार्यकालमा भक्तपुर र काभ्रे जिल्लाका सडक र पुल निर्माण, मर्मत तथा सुधारका कामहरू तीव्र रूपमा अघि बढाउनु थियो। उहाँले आफ्नो जिम्मेवारीका क्रममा विभिन्न आयोजना र सुधार योजना कुशलतापूर्वक व्यवस्थापन गर्नु भएको थियाे, जसले स्थानीय जनताको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पारेको थियो। उहाँका सहकर्मीहरू र मातहतका कर्मचारीहरू उहाँलाई मिजासिला र सहयोगी स्वभावका रूपमा सम्झिनु हुन्छ। उहाँ कार्यकुशलता र समर्पणका लागि परिचित हुनुहुन्थ्याे, जसका कारण सडक डिभिजन भक्तपुरमा उहाँको लोकप्रियता उच्च रहेको थियो।
सि.डि.ई. मरासिनीको स्थानमा अब सुमन योगेसले सडक डिभिजन भक्तपुरको प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको छ। सुमन योगेस यसअघि कान्ति लोकमार्ग सडक योजना कार्यालय ललितपुरमा कार्यरत हुनु हुन्थ्याे र त्यहाँबाट सरुवा भई भक्तपुर आउनु भएको हो। योगेस यसअघि पनि सडक डिभिजन भक्तपुरमा प्रमुखको रूपमा काम गरिसक्नु भएको थियो ।
बुधवार एक विशेष कार्यक्रमको आयोजना गरी सडक डिभिजन भक्तपुरका कर्मचारीहरूले सि.डि.ई. मेघराज मरासिनीलाई बिदाई गरेका थिए भने सुमन योगेसलाई स्वागत गरेका थिए।
उक्त कार्यक्रममा सहभागी कर्मचारीहरूले मरासिनीको नेतृत्वको प्रशंसा गर्दै आगामी जिम्मेवारीमा पनि सफलताको शुभकामना दिएका थिए। नयाँ प्रमुख योगेसले आफ्नो कार्यकालमा भक्तपुरका सडक पूर्वाधारलाई अझै सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
मरासिनीको नेतृत्वमा हासिल भएको प्रगति र योगेसको पुन: आगमनसँगै भक्तपुरको सडक विकासमा नयाँ उचाइ थपिने अपेक्षा गरिएको छ।
-बाबुराम दाहाल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच