
काठमाडौं । नारी साहित्य संस्था ‘गुञ्जन’ले बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा स्थापनाको २६औँ वार्षिकोत्सव मनाएको छ । गुञ्जनकी अध्यक्ष साहित्यकार जलेश्वरी श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा ‘गुञ्जन त्रिवेणी आख्यान पुरस्कार सम्मान’बाट वरिष्ठ आख्यानकार राजेन्द्र्र विमललाई सम्मानित गरिएको थियो । यसैगरी ‘गुञ्जन नारी साहित्य प्रतिभा पुरस्कर सम्मान’ बाट साहित्यकार उमा सुवेदी सम्मानित हुनुभयो ।
‘गुञ्जन साहित्य पुरस्कार सम्मान’बाट साहित्यकार राधेश्याम लेकाली सम्मानित हुनुभएको छ भने ‘गुञ्जन मातृभाषा पुरस्कार सम्मान’बाट अर्पणा प्रधान सम्मानित हुनुभयो । यस्तै ‘गुञ्जन लक्ष्मीराज भण्डारी बाल पुरस्कार’बाट श्रीयंका बस्नेत र ‘गुञ्जन ज्येष्ठ नागरिक पुरस्कार सम्मान’बाट साहित्यकार हिरण्यकुमारी पाठक सम्मानित हुनुभयो ।
‘गुञ्जन उन्नति गीतकार पुरस्कार सम्मान’बाट गीतकार शीला पन्त र साहित्यिक सहकार्यमा कार्यक्रम गरेका दुई संस्थाका प्रमुख मचान कन्ट्री भिल्ला चितवनका प्रकाश श्रेष्ठ एवं किरण श्रेष्ठलाई र भीम विराग संगीतका अध्यक्ष केशवलाल श्रेष्ठलाई गुञ्जन सम्मान प्रदान गरिएको थियो ।
सम्मान एवं पुरस्कार कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, अध्यक्ष जलेश्वरी श्रेष्ठले प्रदान गर्नुभएको थियो । कार्यक्रममा बालकलाकार श्रीयंकाले आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाकी सचिव साहित्यकार सन्ध्या पहाडीले पुरस्कृत र सम्मानित स्रष्टाहरूको परिचय राख्नुभएको थियो भने साहित्यकार सिर्जना शर्माले स्वागत र इल्या भट्टराईको धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण महासचिव सुस्मिता नेपालले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच