
काठमाडौं । सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडिए) ले दशैँ, तिहार र छठ लक्षित दशैँमा १० अफर ल्याएको छ । अफरअन्तर्गत १० भाग्यशाली ग्राहकले १०-१० ग्रामका १० सुनका सिक्का जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ । अफर सिजीका साना घरायसी उपकरणमा मात्र लागू हुनेछ ।
अफरमा सहभागी हुन ग्राहकले सिजीका कुनै पनि साना किचन एप्लायन्स खरिद गरी विज्ञापन वा सामान खरिद गरेको पसलमा दिइएका क्युआर कोड अनिवार्यरूपमा स्क्यान गरी आफ्नो विवरण समावेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।
अफर सिजीका हिटर, आइरन, मिक्सर ग्राइण्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इण्डक्सन, एयर फ्रायरलगायतका विभिन्न साना घरायसी उत्पादनमा मात्र लागू हुने बताइएको छ । ग्राहकहरूलाई मध्यनजर गरी सिजीले सिजी मेरिडिया नामक प्रिमियम सिरिज पनि ल्याएको छ । जसमा प्रिमियम सामानमात्र उपलब्ध हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच