
काठमाडौं । विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड-२०२४ मा देशका विभिन्न भागका २९ महिलाबीच अन्तिम स्पर्धा हुने भएको छ । राजधानीमा हालै आयोजित अडिशनबाट मिसेस नेपाल वर्ल्ड-२०२४ को अन्तिम स्पर्धाका लागि २९ जना महिला छानिएका हुन् । यस वर्षको प्रतियोगितामा गृहिणीदेखि डक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थ्यसेवी, फेशन डिजाइनर, नर्स र दुई/दुईपटक क्यान्सर जितेको महिलासम्म अन्तिम स्पर्धाका लागि छानिएको आयोजकले जनाएको छ ।
प्रतियोगितका लागि विभिन्न क्षेत्रमा संलग्न प्रगति श्रेष्ठ, ज्योति शर्मा, सुशीला केसी दाहाल, अनु कार्की, कोपिला गौतम, अनिता मण्डल लामा दोंग, उषा किरण अधिकारी, सृजना व्यञ्जनकार, अम्बिका गौतम, सुयेशा राउत, साहारा तिमल्सिना आचार्य, बिनिता ढकाल, एलिना घिमिरे, नानु सिंह, प्रगति अमात्य, सिर्जना श्रेष्ठ, संगीता गौतम, दीपतारा लुइँटेल, किरण कार्की, बेली मोक्तान, डेनिला कार्की, सिम्रन कार्की सक्सेना, सारा तामाङ, माया लामा, निर्मला कार्की, रेश्मा घिमिरे, नेहा कर्ण, सृष्टि अर्याल र दीपा विश्वकर्मा छानिनुभएको छ । अन्तिम स्पर्धाका लागि छानिएका महिलाहरूलाई राजधानीमा स्यासिङ समारोहको आयोजना गरी ट्याग नम्बर प्रदान गर्दै स्यास पहिराइएको छ ।
मिस नेपाल वर्ल्ड-२०२४ को आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले नयाँ संस्करणको प्रतिस्पर्धाको ग्राण्ड फिनाले आगामी कात्तिक १० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिने जानकारी गराउनुभयो । यसवर्ष पनि मिसेस नेपाल वल्र्ड विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने उहाँले बताउनुभयो ।
अश्विनी झाको कोरियोग्राफीमा हुने मिसेस नेपाल वर्ल्ड २०२४ को सोही मञ्चमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेतासमेत चयन गरिने बताइएको छ । यी उपाधि विजेतालाई सिंगापुरमा हुने प्रतियोगितामा सहभागिताको लागि अवसर मिलाइएको आयोजकले अध्यक्ष झाले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच